सिन्धुलीमा जीप दुर्घटना, ७ को मृत्यु, एकजना सुनकोसीमा वेपत्ता


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको रत्नावती गाविस– ३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा स्कारपिओ खस्दा चालकसहित सात जनाको मृत्यु भएको छ ।

आइतबार काठमाडौबाट हलेसीतर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा चालक सहित ७ जनाको मृत्यु भएको हो । ४ जना पुरुष र २ जना महिलाको घट्नास्थल मै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बा १२ प ८८९७ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट झन्डै २ मिटरतल सुनकोसीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उपरिक्षक उमाकन्त पञ्जीयारले जानकारी दिनुभयो । दुर्घट्नामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङगकटट्ी –६ का ५० बर्षिय साङगदोर्जे शेर्पा, सोही स्थानका ५७ बर्षिय बाले शेर्पा, बर्ष ५० की बिवुती शेर्पा, बर्ष ५० कै सर्किनी शेर्पा, गाडी चालक लमजुङ सानिभन्ज्याङका झपटबहादुर गुरुङ, काठमाण्डौ महानगरपालिका स्वायम्भु गोल्ढुङकी ६० बर्षिय टुकुली शेर्पा र सनाखत हुन नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक जना भने सुनकोसीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । गाडीमा ९ जना रहेको र ७ जनाको घट्स्थलमै मृत्यु भएको थियो भने घाइते रहेका १ जनाको उपचारार्थ काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाशंकर पञ्जियारले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्टी –६ का ५० बर्षिय दाल्मु शेर्पा घाइते छन् भने सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्टी –६ का ४५ बर्षिय दानुर्ब शेर्पा बेपत्ता रहेको प्रहरीले जनाएको छ । घट्नास्थलमा इलाका प्रहरी कार्यालय खुर्कोट, जिल्ला प्रहरी कार्यालयसहितको टोलिले उद्दार गरेको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com