डिभी परेर अमेरिका आएका युवा तीन महिनादेखि न्युयोर्कको अस्पतालमा, सहयोगको अपिल


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

डिभी परेर अमेरिका आएर तीन महिनादेखि न्युयोर्कको एल्महस्र्ट अस्पतालमा उपचार गराइरहेका २३ बर्षीय सुरेश चन्दको उपचारमा सहयोगका लागि अपिल गरिएको छ । वैतडी जिल्ला दशरथ नगरपालिका गुरुखोला स्थायी घर भई कन्चनपुर भिमदत्त नगरपालिका १९ बागफाटा वसोवास गर्दै आएका जय बहादुर चन्दका छोरा सुरेश डिभी लोटरी परेर तीनमहिना अगाडि अमेरिका आएका थिए ।

सन् २०१८ का डिभी लोटरी विजेता सुरेश २०७५ साल जेठ ११ गते नेपालमा गाडी दुर्घटनामा परी सख्त घाइते भएका थिए । अमेरिकी सरकारको नियमानुसार डिभी लोटरी परेको व्यक्ति तोकिएको समयभित्र अमेरिका प्रवेश गरिसक्नु पर्नेभएकाले उनी घाइते अवस्थामा नै अमेरिका आएका थिए । नेपालमा उपचार जारी राखेका उनी भिसा सकिनुभन्दा २ दिन अगाडिमात्र अमेरिका आएका थिए ।

हाल सुरेशको शाररिक तथा आर्थिक अवस्था जटिल रहेको र काम गर्ने अवस्था नभएकाले गासबासको समेत समस्या भइरहेकाले उनलाई सहयोग गरिदिन नेपाली जनसम्पर्क समितिका सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले अपिल गरेका छन् ।

साथै सुदुरपश्चिम समाजले पनि सहयोगका लागि अपिल र पहल गरेको छ । उनलाई सहयोग गर्नका लागि अमेरिकाको TD bank checking A/C 4345341070  मा पैसा जम्मा गरिदिन सकिनेछ । वा उनको मोबाइल नम्बर 9294628428  मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com