राष्ट्रपति भण्डारी आज युरोप जाँदै


प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने युरोप भ्रमणमा जाँदै छिन्। पोल्यान्डको कातोविचमा आइतबारदेखि दुई सातासम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम (कोप २४)मा सहभागी हुन उनी शनिबार त्यसतर्फ जान लागेकी हुन्।पोल्यान्ड भ्रमणका क्रममा उनी एक दिन जर्मनीमा रहनेछिन्। त्यहाँ उनले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। पोल्यान्डमा हुने कोप २४ को उद्घाटन कार्यक्रममा राष्ट्रपतिले सहभागिता जनाउने परराष्ट्र अधिकारीले जानकारी दिए।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले पोल्यान्डका समकक्षी आन्द्रेइज सेवास्टिन डुडासँग भेटवार्ता गर्नेछन्।राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, संघीय सांसदका सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी हुँदै छन्। साथै परराष्ट्र अधिकारी, सचिवालयका अधिकारी, चिकित्सक र सुरक्षाकर्मी पनि रहनेछन्। बिहीबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com