तलबको विषयलाई लिएर बालकको अपहरणपछि हत्या


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

काठमाडौंको बालाजुबाट २ दिनअघि प्रयास अपहरणमा परेका स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार सार्कीले केही दिनदेखि बाबु प्रविणसँग तलबको विषयलाई लिएर विवाद गर्दै आएको र आवेगमा आएर बालकको हत्या गरेर शव एक कल्र्भटमा फालेको अवस्थामा भेटिएको हो ।

अपराध महाशाखाले विज्ञप्ति जारी गरी बालक अपहरणपछि हत्याबारे संक्षिप्त जानकारी दिएको छ । विज्ञप्तिमा परिवारका सदस्य नभएको मौका छोपेर सार्कीले गेस्ट हाउसबाट बालकलाई चकलेट खान दिई फकाए होटलकै गाडीमा लगेका थिए ।

प्रहरी अनुसन्धानमा सार्कीले गेष्ट हाउसबाट फकाएर बालकलाई चकलेट खान दिएर होटलकै गाडीमा राखेर मित्रनगरस्थित डिआर फेन्सी स्टोर र नजिकैको अर्को कपडा पसलबाट २ वटा प्लाष्टिकको जेब्रा झोला किनेर लगेको एसएसपी सिंहले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘प्रहरी अनुसन्धानमा सार्कीले ६ः४५ बजे बालकलाई नागार्जुन जंगलमा लगी गाडीभित्रै बालकको नाकमुख तथा घाँटी थिचेर हत्या गरेको हो,’ एसएसपी सिंह भन्छन्, ‘हत्यापछि बालकको शवलाई किनेर लगेको जेब्रा झोलामा राखी सामाखुसी खोलामा फ्याँकेको हो ।’

बालकको हत्या गरेका उनै कार्कीले होटल फर्की मृतक बालकको बुबालाई भेटेर बालकको खोजीकार्य गर्न सहयोग समेत गरेका थिए । सार्कीले अपहरणपछि बालकको हत्या स्वीकार गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com