काठमाडौंमा अपहरणमा परेका एक बालकको शव भेटिएको छ । राजधानीको गोंगबुका ७ वर्षका बालक प्रयास कुँवरको शव बोरामा भेटिएको हो । बालक २ दिनअघि अपहरणमा परेका थिए ।
गोंगबुमा स्वस्तिका त्रिवेणी गेष्ट हाउस संचालन गरिरहेका प्रविण कुँवरका ७ वर्षका छोरा प्रयास कुँवर यही मंसिर ११ गतेदेखि बेपत्ता थिए । उनी गेष्ट हाउसको नजिकै खेलिरहेको अवस्थामा अपहरणमा परेको परिवारले बताएका थिए । उनको शव म्हेपीमा भेटिएको हो। प्रहरीले बालकको अपहरण गरी हत्या गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।