बृद्धाको बलात्कारपछि हत्या गर्ने २१ बर्षे कामीलाई जन्मकैद


प्रकाशित मिति : पुस २, २०७३ शनिबार

-टोपलाल अर्याल

गुल्मी मुसिकोट ४ का २१ बर्षिय मित्रलाल कामीलाई जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । उनलाई कर्तव्य ज्यानमा सर्वस्व सहित जन्मकैद र जवरजस्ती करणी उद्योगमा तीन बर्ष कैद सजायँ फैसला गरेको हो ।

उनले सोहि स्थानकी ७५ बर्षिया एक बृद्दालाई (नाम गोप्य) ०७३ बैशाख २३ गते जवरजस्ती करणी उद्योग गरि हत्या गरेका थिए । उनलाई जिल्ला न्यायधिस मातृका प्रसाद मरासिनीले ज्यान सम्बन्धि महल १३ (३) बमोजिम सर्वस्व सहित जन्मकैद र जवरजस्ती करणी उद्योगको महल ३ को ५ (५) बमोजिम तीन बर्ष जेल सजायँ तोकेको जिल्ला न्याधिवक्ता कैलाश केशीले बताउनुभयो ।

४५ बर्षिय छोराले (नाम गोप्य) बैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि प्रहरीले कामीलाई सोहि दिन गिरफतार गरेको थियो । शवको बैशाख २४ गते जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि सदगत गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com