अत्यन्तै दुखद खबर : रोजगारका लागी मलेसिया पुगेका एक सल्यानी ९ महिनामै बाकसमा फर्किए


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

रोजगारको लागी बिदेश गएको ९ महिनामै एक सल्यानीकाे मृत्यु भएको छ ।गएको चैत्रमा रोजगारको लागी मलेसिया पुगेका सल्यान शारदा नगरपालिका वडा नम्बर १२ अम्राई टाकुराका १८ वर्षिया सुशील खडकाको ९ महिनामै बाकसमा लास फिर्ता भएको छ । मलेसियाको ग्लोव्स कम्पन्नीमा काम गर्ने उनि कोठामा सुतिरहेको बेला मंसिर ६ गते मृत अवस्थामा भेटिएको पारिवारीक श्रोतले बताएको छ ।

उनको शवलाई परिवारको आग्रहमा स्वदेश ल्याएर आज बुधबार अन्त्यस्टी गरिएको हो । धनकमाउन बिदेश पुगेका खड्काको यसरी बाकसमा लास आउदा उनको घरपरिवार र आफन्तहरु विक्षिप्त र भावविवहल अवस्थामा देखिएका थिए ।

सरकारले युवाहरुलाई स्वदेशमा नै रोजगारिको व्यवस्था गर्ने र ५ वर्ष भित्र युवाहरुलाई बिदेश पलाईन हुनवाट रोक्ने सपना बाँडिरहेको बेला दिनदिनै युवाहरु विदेश पलायन हुने र केहि बाकसमा लास बनेर फिर्ता हुने अवस्था बढिरहेको छ । जोस र जाँगर भएका युवाहरुलाई सरकारले स्वदेशमै रोजगार श्रृजना गरेर यसरी बाकसमा लास बनेर आउनबाट कहिले रोक्ला ?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com