५ नम्बर प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मूल कारक राजनीतिक आड र दलहरु भएको बताएको छ । आयोगले गरेको अनुसन्धानमा सबैभन्दा बढी घुस लेनदेन हुने कार्यालय मालपोत, नापी र भूमिसुधार कार्यालय देखिएको छ ।

भ्रष्टाचार अध्ययनका घटनामा २५.५ प्रतिशत राजनीतिक दल र कार्यकर्ताको संलग्नता देखिएको अख्तियारको दाबी छ । मालपोत, भूमिसुधार र नापी कार्यालयमा ६५.५ प्रतिशत भ्रष्टाचार हुने बताइएको छ । यस्तै, सबैभन्दा बढी भ्रष्टाचार ५ नम्बर प्रदेशमा भएको पाइएको छ । जहाँ ८५.१ प्रतिशत भ्रष्टाचार हुने गरेको छ ।

२ नम्बर प्रदेशमा ६९ प्रतिशत, गण्डकी प्रदेशमा ६८.७ प्रतिशत, १ नम्बर प्रदेशमा ६७.४ प्रतिशत, प्रदेश ३ मा ५६.६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५४.४ प्रतिशत र कर्णाली प्रदेशमा ५२ प्रतिशत भ्रष्टाचार हुने गरेको अख्तियारले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com