नेपाललाई चीनको सधै साथ रहनेछ : चिनियाँ राजदूत


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले नेपाल र चीन प्रचीनकालदेखि एक असल मित्र रहँदै आएको र नेपालको विकास र समृद्धिमा चीनको सँधैं सहयोग रहने प्रतिबद्दता व्यक्त गरेकी छन् । मंगलबार राजधानीमा ‘पर्यटन व्यवसायीको लागि तेश्रो चिनियाँ भाषा तालिम समापन’ समारोहलाई सम्बोधन क्रममा सो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

राजदूत होङ्गले सन २०१८ नेपाल तथा चीन दुवै देशका लागि महत्वपूर्ण तथा अर्थपूर्ण वर्ष भएको बताइन्, नेपालमा नयाँ संविधान जारी भएसँगै दुई तहका निर्वाचन भएको र अहिले स्थिर सरकारले विकास र समृद्धिको बाटो पकड्न सफल भएकोप्रति अफू खुसी भएको बताइन् ।

साथै चीनमा सुधार र खुलापनको ४०औं वर्षगाँठ र ‘बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना’ को पनि ५ बर्ष पूरा भएको बताउँदै उनले भनिन्, ‘नेपाल तथा विश्वमा नै यस परियोजनाको सकारात्मक प्रभाव पारिहेको छ ।’ राजदूत होङले नेपाल र चीन सिमा जोडिएको एक असल छिमेकी भएको नाताले पनि दु्वै देशले एकअर्काको भाषा र सँस्कृतिको आदानप्रदान कार्यलाई आगमी दिनमा थप जोड दिनुपर्ने पनि बताइन् ।

त्यस्तै सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको राम्रो सहयोग रहदै आएको बताएका छन् । साथै पछिल्लो समयमा चीनले भाषा र सांस्कृतिक क्षेत्रमा पनि सहकार्य बढाउन इच्छुक भएकोमा धन्यवाद दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com