लोडसेडिङ हटाउने कुलमानको पक्षमा काठमाडौंमा प्रदर्शन


प्रकाशित मिति : पुस २, २०७३ शनिबार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा शनिबार काठमााडौंमा प्रदर्शन गरिएको छ ।

भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङ अन्त्य गरौं, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं भन्ने नारासहित उज्यालो नेपालको आयोजना र विवेकशील नेपाली दलको व्यवस्थापनमा र्यालीसहित प्रदर्शन गरिएको हो ।

भृकुटी मण्डपबाट सुरु भई खुल्लामञ्च पुगेको र्याली विशेष साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएलगत्तै लोडसेडिङ हटाएर घिसिङ चर्चामा आउनुभएको छ ।

तर, विरोधीहरुले घिसिङविरुद्ध षडयन्त्र गरिरहेको र देशलाई पुनः अन्धकारमा धकेल्ने चलखेल भइरहेको समाचार सार्वजनिक भइरहेका छन् । यसअघि लोडसेडिङ मुक्त अभियानमा बाधा पु¥याएको भन्दै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका तीन जना सञ्चालकसँग स्पष्टिकरण मागेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com