नयाँ युगको सुरुवात भन्दै अर्बाैं रुपैयाँ विज्ञापनमा झ्वाम, सरकारमाथि पोखियो यस्तो जनआक्रोस


प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार

आेली नेतृत्वको सरकारले सोमबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकामा नयाँ युगको सुरुवात भन्दै प्रधानमन्त्री केपी शर्मा आेली र श्रममन्त्री गोकर्ण विष्टको मुखाकृतिसहितको ‘ज्याकेट विज्ञापन’ छापेर राज्यकोषको ठूलै दोहन गरेको छ । यस्तै विभिन्न अनलाइन संचार माध्यममा समेत ‘स्किप एड’ अर्थात रोड ब्लक प्रकाशित गरिए । यतिमा मात्रै नरोकिएको सरकारले विभिन्न पोल, पुल लगायतका अन्य ठाँउमा समेत विज्ञापन गरेर आर्थिक दोहन गरेको छ । केहि कतै भने निजि क्षेत्रका कम्पनी जस्तै, एनसेल लगायतका अन्य कम्पनीले सपोर्ट गरेको देख्न सकिन्छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समेत तत्कालीन माआेवादी चाडेर नयाँ श्तिको निर्माण गर्दा यसरी नै ज्याकेट विज्ञापन छापेर ठूलै धनराशिको खर्च गरेका थिए । तर, पनि उनको नयाव शक्तिको हालत पहिलेको भन्दा खासै फरक देखिदैन् ।

प्रचारमुखि बन्दै गएको आेली सरकार काम भन्दा धेरै प्रचारप्रसारमा लागेर जनताको करबाट उठेको पैसा बालिवामा पानी खन्याएजस्तै गरेर दोहन गरिरहँदा भने आम सर्वसाधारण भने सामाजिक संजाल; देखि चिया चाैतारी सम्म विरोधमा उत्रिएका छन् । निजि क्षेत्र ले सपोर्ट केहि मात्रामा गरेपनि सरकारले अधिक बजेट खन्याएर जनताको करलाई खोलामा बगाएको भन्दै विपक्षी दल नेपाली कांग्रेसले समेत आपत्ति जनाएको छ । डा. बाबुराम भट्टराईको नयाँ शक्तिको जस्तै असफल बन्ने बाटो तर्फ लागेको भन्दै कतिपयले टिप्प णी समेत गरेका छन् । नयाँ शक्ति नेपालले पनि भने अनुसार सफलता हाँसिल गर्न सनकेको कुरा स्वंयम भट्टराईले स्विकार्छन् । उनको तर्क छ, विस्तारै हाम्रो पार्टी नेपालको मुल पार्टी बन्छ तर, सरकारको स्थिति त यो भन्दा भिन्न कुरा हो सिमित अवधिको ला गि मात्र समयरेखा छ । यसर्थ सरकार चरम असफलता तिर लम्केको भन्दै चर्चा समेत हुन थालेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने क्रममा सरकारले तडक–भडकका साथ प्रचार–प्रसार गरेको जनाएको च । मंगलबार (आज) काठ माडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ युग’ को औपचारिक उदघाटन गर्ने कार्यक्रम छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com