पति अस्पतालमा गम्भीर, गर्भवती पत्नीले ४ तलाबाट हाम्फालिन्, लाशबाट जन्मे जुम्ल्याहा


प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार

भारतको भोपालमा एउटा अत्यन्तै कारुणिक र आश्चर्यजनक घटना भएको छ । यहाँ निमोनियाले पीडित भएर अस्पतालमा भर्ना भएका एक युवकको हालत बिग्रिएको थाहा पाएपछि उनकी गर्भवती पत्नीले एक निर्माणाधीन भवन को चौथो तलाबाट हाम्फालेकी छिन् । छिमेकीले उनलाई अस्पताल लिएर गए । अस्पतालमा आमाको ज्यान गयो र उनले जुम्ल्याहा बच्चा जन्माइन् । तीन घण्टापछि दुवै नवजात शिशुले पनि आँखा नखोली ज्यान गुमाए । त्यसको केही समयपछि भेन्टिलेटरमा राखि एका पतिको पनि ज्यान गयो । मृतक महिलाका दाजुका अनुसार उनलाई पतिको मृत्यु भइसकेको जस्तो लागेपछि उनले आत्महत्या गरेकी थिइन् । यो दर्दनाक घटना सोमबार दिउँसो करिब २ बजे कोलारको स्वरुप साइनाथ नगरमा भएको हो । यहाँ ३७ वर्षका मनोज गोहे पत्नी गायत्रीसँग बस्थे । मनोजले कार फाइनान्सको काम गर्थे ।

यी दुईले १० वर्षअघि प्रेम विवाह गरेका थिए । १२ नोभेम्बरका दिन मनोज खोकी र ज्वरो आएपछि जाँच गराउन बंसल अस्पताल पुगे । डाक्टरले समस्या बढ्न सक्ने भनेर उनलाई भर्ना गरे । गायत्रीको पेटमा ७ महिनाको गर्भ थियो त्यसैले मनोजले उनलाई अस्प ताल नआउन भने । सोमबार दिउँसो साढे १ बजे गायत्रीले अस्पतालमा दाजुसँग बसेका देवर तरुणलाई फोन गरिन् । उनले पतिको हालखबर सोध्दा तरुणले उनलाई अस्पताल आउन भने । तरुणको कुरा सुनेपछि गायत्री घरबाट निस्किन् । त्यसपछि आफू बस्ने कोलोनीअगाडिको एक निर्माणाधीन भवनमा गएर ४ तला माथिबाट हाम्फालिन् । गायत्रीका दाजु नरेशका अनुसार बिहेको १० वर्षसम्म उनीहरुका सन्तान थिएनन् । धेरै प्रयासपछि गायत्री गर्भवती भएकी थिइन् । लामो प्रयासपछि घरमा सन्तान जन्मिन लागेकोले उनी हरुको घरमा खुसीको माहोल थियो । तर, गायत्रीले हाम्फालेपछि उनका सन्तानले आँखा पनि खोल्न नपाइ ज्यान गुमाएका छन् । जुम्ल्याहा सन्ता एक छोरा र १ छोरी भएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com