अपरेशनपछि घर पुगेर होशमा आउँपछि महिलाले थाहा पाइन् भयानक कर्तुत
प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार
पाकिस्तानमा एक महिलाले आफ्नो सर्जरीका क्रममा बलात्कार भएको खुसाला गरेकी छन्। ३५ वर्षीया यी महिला पायल्सको सामान्य अपरेशन गर्न लाहोरको एक अस्पतालमा शुक्रबार भर्ना भएकी थिइन्। आठ घण्टासम्मको अपरेश पछि शुक्रबार राति उनलाई डिस्चार्ज गरिएको थियो।अपरेशनपछि ती महिला होशमा आउँदा उनको संवेदशनील अंगमा निकै पीडा भइरहेको थियो भने उनको गुप्तांगबाट रगतसमेत आइरहेको थियो। त्यसपछि ती महिलाले आफूमाथि बलात्कार भएको थाहा पाएकी थिइन्। उनीमाथि बलात्कार भएको मेडिकल रिपोर्टले पनि पुष्टि गरेको छ। अहिले ती महिलाले प्रहरीमा उजुरी दिएकी छन्।ती महिलाका अनुसार २४ नोभेम्बरमा अस्पतालमा उनी भर्ना भएकी थिइन्। ‘त्यही रात जब एनस्थीसियाको असर कम भएपछि म होशमा आएँ, अनि आफूमाथि भएको सबै कुकर्मका विषयमा थाहा पाएँ,’ उनले भनिन्।
आठ घण्टा लामो अपरेशनका क्रममा ती महिलालाई असल्ट गरिएको थियो र उनीमाथि बलात्कार गरिएको थियो।अस्पतालबाट घर गएपछि एनस्थीसियाको असर कम भएपछि उनलाई धेरै पीडा हुन थाल्यो। र, उनको योनीबाट रगत पनि बग्न थाल्यो।ती महिलाका अनुसार राति उनलाई धेरै दुख्न थालेपछि उनकी बहिनीले शेख जाएद अस्पताल लिएर गएकी थिइन्, जहाँ मेडिकल रिपोर्टपछि उनीमाथि बलात्कार भएको पुष्टि भयो।त्यसपछि ती महिलाले सबै प्रमाणसहित लाहोरको एक प्रहरी चौकीमा अस्पताल विरुद्ध उजुरी दिएकी छन्। पंजाबका स्वास्थ्यमन्त्री डा. यास्मिन राशिदले सर्जरीका क्रममा महिला माथि भएको बलात्कारको विषय निकै गम्भीर भएको बताए। यो विषयमा छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरिएको छ। महिलाको डीएनए परिक्षण गरिएको छ र यो विषयमा छानविन भइरहेको छ।






