नेपाली चलचित्र ‘प्रेम गीत–२’ युट्युबमा राखेको एक दिनमा नै ट्रेन्डिङ ३ मा


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

 गत वर्ष २०७४ को सुपरहिट नेपाली कथानक चलचित्र ‘प्रेम गीत–२’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज भएको १ बर्षपछि आइतबार ‘प्रेम गीत–२’ युट्युब च्यानल हाइलाइट्स मुभीजले चलचित्र युट्युबमा अपलोड गरेको हो ।

सुपरस्टार प्रदीप खड्का र अस्लेषा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । ‘प्रेम गीत–२’ सन्तोष सेनले निर्माण गरेको चलचित्र हो । युट्युबमा सार्वजनिक भएको चलचित्रलाई दर्शकहरूले निकै राम्रो प्रतिकृया दिइरहेका छन् भने रिलिज गरेको एक दिनमा नै ट्रेन्डिङ ३ मा आइसकेको छ भने भियुजहरु बढ्ने क्रममा छ ।

‘प्रेम गीत–२’ जर्नी लभ स्टोरी बोकेको चलचित्र हो । कैलाश कटुवाल,कबिता रेग्मी, शिशिर भण्डारी, सन्तोष सेन, श्रद्दाप्रसाई आदिको पनि अभिनय रहेको छ । आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रका गीत संगीत पनि हिट रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com