विश्व सुन्दरीको मञ्चमा श्रृंखलाको जवाफ ‘परिश्रमले सामान्य मान्छे भन्दैन’


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन् अर्थात उनी सेमी फाइनलमा प्रवेश गरेकी छिन् ।

मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ चीनको सान्या सहरमा हुँदैछ । मिस नेपाल–२०१८’को फाइनल आउन अब धेरै दिन बाँकी छैन भने फाइनलको लागि तयारी साथै विभिन्न चरणका प्रतिस्पर्धाहरू भइरहेका छन् ती मध्ये भर्खरै भएको प्रतिस्पर्धा हो हेड टु हेड च्यालेन्ज  ।

हेड टु हेड च्यालेन्ज अन्तर्गत ग्रुप १३ को भिडियो युट्युबमा सार्वजनिक गरिएको छ भने विभिन्न सामाजिक सञ्जालहरुमामिस नेपाल श्रृङखला खतिवडाको भिडियो भाइरल भइरहेको छ । हेड टु हेड च्यालेन्ज अन्तर्गत ग्रुप १३ मा हाम्रो देश नेपालसँगै बोस्निया हर्जगोभिना, गुवाम, लग्जम्वर्ग, माल्डोभा र अर्जेन्टिना लगायत छ वटा देश छन् । जसमध्ये मिस अर्जेन्टिना आफ्नो स्वास्थ्य खराबीका कारण उपस्थित थिईनन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रुपको पहिलो नम्बरमा थिईन शृंखला खतिवडा उनको परिचय भिडियो देखाईसकेपछि पहिलो प्रश्न थियो ‘तिमी आफैँलाईकिन (एभरेज किड) सामान्य बच्चा सम्झिन्छौँ ? शृंखलाले भनेकी छिन ‘ममा कुनै न्याचुरल ट्यालेन्ट छैन, म जन्मजात नै विलक्षण प्रतिभा भएर जन्मेकी केटि होईन तर मान्छेले कडा परिश्रम गर्यो, काम प्रति लगाप भयो भने त्यस्ता विलक्षणहरुलाई पनि हराउन सक्छ भन्ने कुरामा विश्वास गर्छु । म त्यस्ता सामान्य बच्चाहरुमा आफूलाई गन्छु जुन आफ्नो कडा मेहनतले केही काम गर्न सक्छन् । त्यसैले आफैँलाई एभरेज किड भनेकी हुँ ।’

साथै अरु थुप्रै प्रश्न उत्तरहरू भएका छन् मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा जहाँ श्रृङखलाले निकै नै कन्फिडेन्ट र सहज तरिकाले सबै प्रश्नको उत्तर दिएकी छिन् भने प्रश्न सोध्नेले पनि निकै नै मनपराएका छन् श्रृङखलाको उत्तरलाई ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com