सार्वजनिक भयो ज्योती मगरलाई राती होटलमा दुव्र्यवहार गरेको भिडीयो


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

सांगितिक कार्यक्रमका शिलशिलामा चितवन गएकी गायिका ज्योति मगरमाथि आयोजक मध्येका एक व्यक्तिले दुव्र्यवहार गरेको समाचार सार्वजनिक भएको छ । चितवनमा गत मंगलबार सम्पन्न एक सांस्कृतिक कार्यक्रमपछि आयोजकले खाना खाने बहानामा होटलमा लगेर दुव्र्यवहार गरेको ज्योति मगरले बताएकी छिन् ।

मध्यराति आफुमाथी दुव्र्यवहार भएपछी उनले कान्तिपुर साप्ताहिकमा कार्यरत पत्रकार रामजी ज्ञवालीलाई टेलिफोनमार्फत दुव्र्यवहारबारे जानकारी गराएकी थिईन । आफूलाई आयोजकमध्येका एक सदस्यले सेलिब्रिटी जस्तो मान्छे खुला ठाउँमा खाना खान हुन्न, सेक्रेट ठाउँमा खानुस कोठाको व्यवस्था छ भनी कोठामा जाउँ भनेको ज्योतिले बताएकी छिन् ।

तर, उनले आफू बसेको कोठामै खाना आउँछ भनेर जान नमान्दा आफुमाथी दुव्र्यवहार भएको बताएकी छिन् । ज्योतिले जान नमानेपछी ती व्यक्तिले ज्योति बसेकै कोठामा रक्सी मगाएर एकैछिन गफ गर्छु अनि निस्कन्छु भन्दै ११ बजेसम्म पनि निस्कन नमानेपछि ज्योतिले असुरक्षित महसुस गर्दै होटलका स्टाफसँग सहयोग मागेकी थिइन् ।

ज्योतिले नजिकको एक बहिनीलाई कोठामा बोलाएपछि ती व्यक्तिले नराम्रोसँग ज्योतिसँग मुख छाडेको उनले बताएकी छिन् । ज्योतिका अनुसार उनले भन्नु नभन्नु सवै भने । कार्यक्रममा मैले बोलाएको हो, पैसा मैले तिरेको हो, यो कोठाको पनि भाडा मैले तिरेको हो, पख तेरो अब के गर्छु ! किन अरुलाई बोलाएको हो भन्दै ज्योतिमाथि खनिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि ज्योतिले खुसुक्क प्रहरी बोलाएर ती व्यक्तिलाई जिम्मामा लगाएकी थिइन् । नानाथरी अपशब्द बोल्ने, मनपरी गर्ने, तेरो अब के गर्छु पख भन्दै आफूलाई मध्यरातमा धम्की दिने ती व्यक्तिको नियत एकदमै गलत भएको ज्योतिले बताएकी छिन् ।

गायिका ज्योति मगरसँग मध्येराति १ बजेतिर भएको कुराकानीबारे स्ट्याटस लेख्दै पत्रकार रामजी ज्ञवालीले लेखेका छन्–‘ आत्तीदै राती १ वजे मसँग ज्योतीले भनिन्, ‘मलाई जे पनि हुन सक्छ, एकदमै डर लागिरहेको छ ।’

अहिले प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीले ती व्यक्तिलाई माफी माग्न लगाएर घटना थामथुम गर्ने प्रयास गरिरहेको बुझिएको छ । यसबारेमा ज्योति मगरले आफ्नो आधिकारिक धारणा मिडियासामु बताएकी छैनन् ।

पत्रकार रामजी ज्ञवालीले ज्योति मगरसँग भएको कुराकानिबारे पोष्ट गरेको स्ट्याटस जस्ताको तस्तै :

https://youtu.be/ErBzS2v92dY

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com