बिदेश गएका पति छाडेर अर्कैसँग बिबाह गरेकी महिलामाथि निर्घात कुटपिट


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

बैदेशिक राेजगारमा गएका पतिलार्इ छाेडर गाउँकै अर्का पुरूषसँग प्रेम सम्बन्ध रही बिवाह गरेकी एक महिलामाथि स्थानीयवासीले निर्घात कुटपिट गरी गाउँ निकाला गरेका छन् । दोस्रो विवाह गरेकी महिलालाई आमा विरामी भएको भन्दै गाँउमा बोलाएर गत पुस चौध गते निर्घात कुटपिट गरिएको हो । कुटपिट गरी उनलाई चप्पलको माला लगाएर मुखमा कालो मोसो दलिएको थियो । त्यसपछि घरदेखि एक किलोमिटर टाढासम्म लखेटेर गाँउ निकाला गरिएको पीडित महिलाले बताइन् ।

रंगेली नगरपालिका–५ आँपगाछीस्थित ठाकुर टोलका गुलावचन्द सरदारकी पत्नी र ठाकुरबीच प्रेम सम्वन्ध थियो । सरदार वैदेशिक रोजगारमा रहेको समयमा नै चार महिना अघि उनीहरुले विवाह गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते ठाकुरको भारतमा उपचार भैरहेको छ । पीडित महिला भने अहिले आफन्तको शरणमा छिन् ।उक्त घटनामा सग्लन स्थानीय रंजित ठाकुर, कुलान्द ठाकुर,गोवर्धन ठाकुर, महानन्द ठाकुर, सरिता ठाकुर र प्रकाश ठाकुर लगायतलाई प्रहरीले नियन्त्रणमा लिर्इ सार्वजनिक अपराध अन्तर्गत कारवाही अघि बढाएको छ । उक्त घटनामा अरुको पनि संग्लनता रहेको हुनाले उनीहरुको पनि खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । कुटपिटको नेतृत्व गर्ने एमाले रंगेली नगर कमिटीका अध्यक्ष दिनेश ठाकुर भने फरार रहेका छन् ।

पीडित महिलाले गत असोजमा स्थानीय एक राजकुमार ठाकुरसँग दोस्रो विवाह गरेकै कारण उनीमाथि दुर्व्यवहार गरिएको हो । ठाकुरले पनि दोस्रो बिहे गरेर गाउँ–समाजको थिति बिगारेको भन्दै गाँउ निकाला गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com