लैनचौरको रेष्टुरेण्टमा पूर्वराजाको डान्स


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

पूर्वराजा ज्ञानेन्द्र शाहले रेस्टुरेण्टमा गरेको डान्स अहिले चर्चाको विषय बनेको छ । शुक्रबार साँझ पूर्वराजाले लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा डान्स गरेका थिए । शुक्रबार ज्वाइँ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तहरुसँग नाचगानमा सहभागी भएका हुन् ।

उनीसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज पारस शाह र राजपरिवारका सदस्यहरुको उपस्थिति थियो । पूर्वराजा सहभागी भएको पार्टीका फोटोहरु तिर्सरा रेष्टुरेण्टले आफ्नो फेसबुक पेजमा राखेको छ । फोटोमा पूर्वराजपरिवार साान्य नागरिकसरह देखिएका छन् ।

रेष्टुरेण्टले फेसबुकमा पोस्ट गरेका फोटोहरुमा विभिन्न किसिमका प्रतिक्रिया आएका छन् । केहीले पूर्वराजपरिवारले आम नागरिकको जीवनमा पूर्ण रुपमा अभ्यस्त भइसकेको भनेका छन् । केहीले राजा छँदा यसरी रमाइलो गर्न पदले नदिने तर अहिले उननी विदा मनाउन निस्केका व्यवसायीजस्तो देखिएको प्रतिक्रिया दिएका छन् । यसअघि पूर्वराजा शाह देशका विभिन्न मठमन्दिर र महायज्ञमा सहभागी हुनुका साथै धार्मिक स्थलको यात्रा समेत गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com