नारायणहिटी संग्रहालयमा थप १० कोठा अवलोकन गर्न खुला ( यस्ता थिए १० काेठा)


प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार

A motorcyclist passes by the Narayanhiti Durbar Museum in an undated file photo. Photo: THT

सरकारले नारायणहिटी संग्रहालयमा रहेका थप १० कोठा सार्वजनिक अवलोकनका लागि खुला गरेको छ । तत्कालीन राजदरबार नारायणहिटीभित्र रहेका पुस्तकालय र सिनेमा हलबाहेक सबै १० कोठा शुक्रबारबाट खुला गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ती कोठा औपचारिक रूपमा खुला गरेका हुन् । मुलुकमा गणतन्त्र स्थापनापछि सरकारले तत्कालीन नारायणहिटी राजदरबारलाई संग्रहालयमा परिणत गरी सर्वसाधारणका लागि खुला गरेको थियो ।हाल नारायणहिटी संग्रहालय पर्यटन मन्त्रालयअन्तर्गत पर्छ । शुक्रबारबाट सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अंगरक्षकहरूको कार्यकक्ष नाम गरेका कोठा खुला गरिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

पर्यटन मन्त्रालयका अनुसार सिन्धुली कोठामा रहेको शृंगार कक्ष तत्कालीन रानीले पोसाक पहिरिने, शृंगार गर्ने तथा दिउँसोको खानापछि आराम गर्ने कक्षका रूपमा प्रयोग हुने गथ्र्यो । झापा कोठमामा रहेको प्रतीक्षालयमा छलफल तथा दर्शनभेट कार्यक्रम हुँदा आउने पाहुनाको प्रतीक्षालयका रूपमा प्रयोग हुन्थ्यो ।

त्यसैगरी इलाम कोठामा रहेको गणेश हिमाल कार्यकक्षमा तत्कालीन राजाले साताको एक दिन बिहीबार प्रधानमन्त्रीसँग छलफल गर्ने कक्षका रूपमा प्रयोग हुने तथा अन्य विशिष्ट व्यक्तिहरूसँग पनि छलफल हुन्थ्यो । सुनसरी कोठामा रहेका रक्षाबन्धन कक्षमा जनै पुर्णिमाका दिन तत्कालीन राजपरिवारका सदस्यले राजपुरोहितबाट रक्षा बन्धन, जनै फेर्नेजस्ता धार्मिक कार्य सम्पन्न हुनुका साथै सप्तरी भोजन कक्षमा विभिन्न समयमा हुने रात्रि तथा दिवा भोजका समयमा चोखो (शाकाहारी) खाना राख्ने कक्षका रूपमा पनि प्रयोग हुने गथ्र्यो ।
त्यस्तै सप्तरी कोठामा रहेको भोजन कक्षमा पूर्वमुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्वसवका अवसरमा धनुषा बैठकमा आयोजना हुने कार्यक्रममा सहभागी हुने पाहुनाको भोजन गर्ने कक्षका रूपमा प्रयोग हुने गथ्र्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिरहा कोठमामा रहेको सिरहा बैठक कक्षमा सप्तरी भोजन कक्षमा भोजको आयोजना हुँदा, खानापछि र खानाअघि बसेर छलफल गर्ने कक्षका रूपमा तथा धनुषा बैठक कक्षमा दसैंमा टिका ग्रहण, विभूषण प्रदान गर्ने कार्यक्रम र विभिन्न कार्यका लागि पनि प्रयोग हुने गथ्र्यो ।

त्यसैगरी पर्सा, चितवन र कपिलवस्तु पाहुना कक्ष थिए भने अंगरक्षक कक्ष पूर्वराजाको सुरक्षामा खटिएका अंगरक्षकहरू बस्ने कक्षका रूपमा प्रयोग हुने गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com