एमाले पार्टी कार्यालयमा सासंदबीच कुटाकुट


प्रकाशित मिति : मंसिर ३०, २०७३ बिहीबार

नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा सासंद र कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

कार्यकर्ता मानबहादुर बोहराबाट एमाले बझाङ क्षेत्र नम्बर दुईका सांसद लालबहादुर रावलबीच हात हालाहाल भएको हो । उक्त घटना भईरहदा धुम्बाराहीमा एमाले स्थायी समितिको बैठक चलिरहेको थियो । बझाङमा गरिएको स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १५ जनाको टोली डेलिगेसनका लागि काठमाडौं आएको थियो । त्यसमा एमालेका स्थानीय नेतादेखि विभिन्न दलका प्रतिनिधि र सांसद समेत थिए । डेलिगेसनमा आएकाहरुको नेपालको सबैभन्दा ठूलो क्षेत्रफल भएको का“डा गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग छ ।

स्थानीय तह पुनर्संसचना आयोगले त्यसलाई अस्वीकार गरेपछि त्यसविरुद्व सांसद तथा स्थानीय प्रनिधिहरुले बसेर छुट्टै गाउँपालिका बनाउने निर्णय गरेका थिए भने त्यही डेलिगेसन लिएर उनीहरु काठमाडौं आए । एमाले नेताहरुको ध्यानाकर्षण गराउन नेता अफिलाल ओखेडा र लालबहादुर रावलले पार्टी नेतृत्वसँग छलफल गराउने भन्दै डेलिगेसन प्रतिनिधिलाई धुम्बाराही ल्याएका थिए ।  त्यहाँ कार्यकर्ताहरुले रावललाई आफूहरुको मागमा समर्थन गर्दै हस्ताक्षर गर्न आग्रह गरे । तर, रावलले ‘म गर्दिन तिमीहरु के गछौं गर’ भन्दै आक्रोश पोखेपछि हात हालाहालको अवस्था आएको कार्यकर्ताहरुले बताएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन एमाले नेताहरु ठाकुर गैरे सूर्य थापा र राजन भट्टराईलाई हम्मेहम्मे परेको थियो । विवाद पछि डेलिगेसन टोलीको माग पत्र बुझ्दै एमाले अध्यक्ष केपी ओलीले समस्या देखिएको स्थानका बिषयमा छलफल गरिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसद रावल बझाङको दङंगाजी गाविसका हुनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com