न्यायालयमा भेटिए नमूना श्रीमान,यी हुन् ट्रिपर भन्दा ज्यान ठूलो भन्दै दिउँसो ट्रिपर नचलाउन फैसला गर्ने न्यायाधीश


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

उच्च अदालत पाटनले दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने भन्दै दायर गरिएको रिट खारेज गरिदिएको छ । मान्छेको पेशाभन्दा मान्छेको बाँच्न पाउने अधिकार ठूलो भएको ठहर गर्दै न्यायाधीश टेकनारायण कुँवरको एकल इज लासले पहिलो सुनुवाईमै रिट खारेज गरिदिएका हुन् ।

काठमाडौं उपत्यकामा निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित ट्रक तथा टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मंसिर ४ गते रिट दायर गरेको थियो।अदालतले व्यक्तिको बाँच्न पाउने अधिकारभन्दा पेशा व्यवसायको अधिकार ठूलो नभएको भन्दै रिट खारेज गरिदिएको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले जानकारी दिए । पेशा व्यवसाय संवैधानिक अधिकार भएपनि बाँच्न पाउने नागरिकको अधिकार सबैभन्दा महत्वपूर्ण भएको अदालतको ठहर छ। अदालतले विपक्षीसँग जवाफ समेत माग्नु नपर्ने ठहर गर्दै रिट खारेज गरेको हो।

अदालतले व्यवसायको अनुमति दिने र नियमन गर्न पाउने अधिकार सरकारसँग हुने भन्दै रिट खारेज गरेको अदालतको ठहर छ । पेशा व्यवसाय गर्न पाउने संवैधानिक हक हनन् गर्नेगरि सरकारले टिपर सञ्चालनको समय तोकेको भन्दै रिट दर्ता भएको थियो। अदालतले टिपर सञ्चालनका लागि सरकारले तोकेको समयभित्र पालना गर्नु व्यवसायीको कर्तव्य भएको समेत बताएको छ।सरकारले उपत्यकामा दिउँसोका समयमा टिपर चलाउन रोक लगाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com