कपडा धोएरै मासिक दुई लाख, साढे तीनतले पक्की घर बनाए मानबहादुरले


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

कपडा धुने पेसालाई कतिपयले घृणभावले पनि हेर्ने गर्दछन्, तर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ६ आँपचौरका मानबहादुर विकलाई त्यो पेसा त्यति बेला मर्यादित लाग्यो जब उनी सात वर्ष अघि कतारमा गएर सोही काम गर्न पाए ।

कतारमा पुगेर त्यहाँको एक ड्राई क्लिनिकमा मेसिनबाट कपडा धुने काम गरेर तीन वर्षपछि फर्किएका मानबहादुरले त्यहाँ सिकेको सिपलाई स्वदेश मै प्रयोग गरेर स्वाराेजगार बन्ने सोच राखे । फलतः आज भन्दा सात वर्ष अघिको कुरा थियो । जति बेला गुल्मीको सदरमुकाम तम्घासमा पहाडी मूलका मानिसहरूले कपडा धुन भनेको हीनताबोध गर्थे ।

तर उनले कतारमा संभ्रान्त परिवारका मानिसहरूले नै त्यो पेसा गरेको देखेर के को लाज ? भन्दै कपडा धुने मेसिन किनेर ‘शिद्धेश्वर ड्राई क्लिनिक’ सञ्चालन गरे । तम्घासको भिमचोक नजिकै रहेको त्यस पसलले मात्र ग्राहक थेग्न नसकेर अहिले तम्घासकै उदिनढुङ्गामा शाखा पसल समेत खोल्न सफल भएका छन् ।

उनीहरू श्रीमान् श्रीमती र छोरा छोरी स्वरोजगार बन्नुका साथै उनले अन्य ६ जनालाई रोजगार समेत दिएका छन् । मासिक आम्दानी कति हुन्छ त ? भन्ने प्रश्नमा मानबहादुरले भने –‘ त्यस्तै महिनाको दुई लाखसम्म कमाउने गरेको छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले हालै सदरमुकाम तम्घासमा गत सात वर्षदेखि कपडा धोएरै कमाएको पैसाले साढे तीन तले पक्की घर समेत बनाएका छन् । उनले भने–‘ घर पुरै सम्पन्न त भई सकेको छैन , हालसम्म ४५ लाख खर्च भई सक्यो । सक्ने बेलासम्म करिब ५० लाख खर्च हुने देखेको छु । ’

तपाईँ जस्तै अरू युवाहरूले सिक्न चाहे सिकाउनु हुन्छ ? भन्ने प्रश्नमा उनले अरूले लाज मानेर सिक्न नचाहेको बताए । उनले भने–‘ अरू मानिस त कपडा धुन लजाउन छन् सिक्नै चाहन्न । त्यस्ता मनिसहरु एक चोटि म जस्तै विदेश जाउन् तब थाह पाउने छन् कुनै पनि काम गर्ने मानिस सानो ठुलो हुँदैन भन्ने कुरा । ’

उनले त्यस पेसालाई अन्य स्थानमा पनि बिस्तार गर्ने बताए । उनी विगतमा आँपचौर स्थित निम्न परिवारका व्यक्ति थिए । किशोर अबस्थाम मै भारतको रोजगार हुँदै विदेश पुगेका उनले त्यहाँको कमाइले गएको ऋण तिर्न मात्रै ठिक्क भएको बताए । यो जाडो मौसम हिउँदमा भन्दा बढी उनकोमा कपडा धुनेहरूको घुइँचो लाग्ने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com