‘हामी ३ भाइ’को सिक्वेलमा अनमोल, प्रदीप र पल ३ भाइ बन्दै


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

नेपाली सिनेमा हामी ३ भाइको सिक्वेल बन्ने भएको छ ।

राजेश हमाल, निखिल उप्रेती र दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा हामी तीन भाइ राम्रो कारोबार गर्ने सिनेमामध्येमा पर्छ । यो सिनेमाले निर्मातालाई ५० लाख भन्दा माथिको नाफा गराएको थियो ।

आज भन्दा १४ वर्ष अगाडिको यो सिनेमाको सिक्वेल यही सिनेमाका निर्माता रमेश त्वायनाले बनाउने भएका छन् । निर्माता त्वायनाले सिनेमाको सिक्वेलमा अनमोल केसी, प्रदीप खड्का र पल शाहलाई फाइनल गरिसकेको जानकारी दिएका छन् ।

तर यी तीन कलाकारसँग कागजी सम्झौता भने भइसकेको छैन ।

कुराकानीपछि भने यी तीनैजना कलाकार सिनेमामा काम गर्ने कुरामा सकारात्मक देखिएका छन् । मुख्य तीन अभिनेताहरुकाे टुंगाे लागेकाे भए पनि अन्य कलाकारहरु छनौट गर्न भने बाँकी छ । अहिले निर्माण पक्ष अन्य कलाकार र सिनेमाको अन्य काममा जुटेको छ ।

निर्माता त्वायना यतिबेला मंसिर २८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा सुश्री सम्पत्तिको प्रचारप्रसारमा व्यस्त छन् । उनी यो सिनेमा प्रदर्शन भइसकेपछि हामी तीन भाइको सिक्वेलको काम शुरु गर्ने योजनामा छन् ।

यो सिनेमालाई कसले निर्देशन गर्ने भन्ने विषयमा पनि अहिले छलफल भइरहेको छ । हामी तीन भाइलाई दिवंगत निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए थिए भए सिनेमामा कथा पनि निर्देशक शिवकै थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com