काबुलमा आत्मघाती आक्रमण, ५० जनाको मृत्यु


प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार

अफगानिस्तानको राजधानी काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट ५० जनाको मृत्यु भएको छ । अन्य ६० जना घाइते भएका छन् ।

यसलाई पछिल्ला केही महिनायताको सबैभन्दा घातक हमला मानिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहका अनुसार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा आक्रमण भएको हो । एक आत्मघाती आक्रमणकारी सो समारोहमा प्रवेश गरेर आफूले बोकेको बम विष्फोट गराएका थिए ।

यो आक्रमणको तत्काल कुनै पनि संगठनले जिम्मा नलिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com