सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्नेलाई एसाइलम नदिने ट्रम्पको आदेशमा अदालती रोक


प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार

अमेरिकाको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाई एसाइलमको अधिकार नदिइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएको छ । सोमबार अमेरिकी न्यायाधिसले एसाइलमको अधिकारका कटौती ट्रम्पको कार्यकारी आदेशमा अस्थायी रोक लगाउने आदेश जारी गरेका हुन् ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोका न्यायाधिस जोन टिगरले ट्रम्पको कार्यकारी आदेशबिरुद्ध जारी गरेको अस्थायी आदेश तुरुन्तै देशब्यापी रुपमा लागु हुने जनाइएको छ । यो आदेश कम्तीमा आगामी डिसेम्बर १९ सम्मका लागि लागु हुने जनाइएको छ । डिसेम्बर १९ मा यो भन्दा दीर्घकालिन निर्णयका लागि अदालतमा सुनुवाई राखिएको छ ।

गत नोभेम्बर ९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्ने आप्रवासीले एसाइलमका लागि आवेदन दिन नपाउने नियम लागु गरेका थिए । उक्त आदेशबिरुद्ध अधिकारकर्मीहरुले अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतको आदेशमा न्यायाधिस टिगरले अमेरिकामा जसरी प्रवेश गरेको भएपनि त्यस्ता आप्रवासीले एसाइलमका लागि आवेदन दिन पाउने अमेरिकी संसदबाट पारित नियममा उल्लेख भएको जनाएका छन् । न्यायाधिस टिगरलाई तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले नियुक्त गरेका थिए ।

गैरकानुनी रुपमा सिमा पार गर्नेलाई शरण नदिने ट्रम्पको आदेशबिरुद्ध अदालतमा मुद्दा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com