विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन उर्जामन्त्रीलाई १० करोडको अफर


प्रकाशित मिति : मंसिर २९, २०७३ बुधबार

उर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफर आएको खुलासा गर्नु भएको छ ।
मोरङको रङगेलीमा स्थानीय उपभोक्ता र नेपाल बिद्युत प्राधिकरणका कर्मचारीबीचको संयुक्त अन्तरक्रियामा बोल्दै मन्त्री शर्माले दश करोडको अफ आएको बताउनु भएको हो ।

नेपाल बिद्युत प्राधिकरणलाई ध्वस्त पार्ने योजना सहित आफुलाई अफर आएको मन्त्री शर्माको भनाइ थियो । मन्त्री शर्माले आफुले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेको कुनै पनि प्रलोभनमा नपर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । कार्यक्रममा बोल्दै मत्रन्त्री शर्माले विद्युत चुहावट नियन्त्रणमा उपभोक्तालाई प्रत्यक्ष सहभागी गराउने योजना समेत अघि सार्नु भएको छ । मन्त्री शर्माले चुहावट नियन्त्रणमा उपभोक्तालाई प्रत्यक्ष सहभागी गराउने योजना अघि सार्नु भएको हो ।

सरकारले मात्रै चुहावट रोक्न नसकक्ने भन्दै यसमा उपभोक्ताहरुको सक्रिय सहभागिता आवश्य रहेको मन्त्री शर्माको भनाइ रहेको छ । बिद्युत चोरी र चुहावट गर्ने कार्यलाई कानुनले नै सार्वजनिक अपराध घोषित गरेको अवस्थामा यस्तो अपराध नियन्त्रण गर्न नया“ कार्ययोजना अघि सार्नुपर्नेमा उहाले जोड दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com