क्यानडाको अस्थायी भिसा पाउने नेपालीको संख्या बढ्दो


प्रकाशित मिति : मंसिर २९, २०७३ बुधबार

क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिने र भिसा पाउने नेपालीहरुको संख्या नेपालीहरुको संख्या बढ्दो रहेको छ । सन् २०१६ को जनवरीदेखि अहिलेसम्मको अवधिमा ३५ सय भन्दा धेरै नेपालीहरुले क्यानडाको अस्थायी भिसा पाएका छन् । जबकी गतबर्ष सन् २०१५ मा ३ हजार ७१ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसा पाएका थिए । ९ महिनाको तुलनात्मक अध्ययन गर्दा सन् २०१६ को जनवरीदेखि सेप्टेम्बरसम्म २८७४ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसा प्राप्त गरे जबकी सन् २०१५ को यही ९ महिनाको अवधिमा २४ सय २४ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसा पाएका थिए । यो अवधिमा क्यानडाको अस्थायी भिसा पाउने नेपालीहरुको संख्यामा १९ प्रतिशतले बृद्धि भएको छ ।

क्यानडाका अस्थायी भिसाहरुबारे जान्न र आवेदन दिन यहाँ क्लिक गर्नुहोला । 

सन् २०१४ मा २५ सय २ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसा पाएका थिए भने सन् २०१३ मा २ हजार ४१ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसा प्राप्त गरेका थिए । त्यसैगरी सन् २०१२ मा १९ सय ८८ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसा पाए भने सन् २०११ मा १८६६ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसा प्राप्त गरे । ६ बर्ष अगाडिको अवस्थासँग तुलना गर्दा क्यानडाको अस्थायी भिसा प्राप्त गर्ने नेपालीहरुको संख्या पनि दोब्बर बृद्धि भएको छ । ६ बर्षको अवधिमा झण्डै १५ हजार नेपालीहरुले क्यानडाको अस्थायी भिसा प्राप्त गरेका छन् । क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका नेपालीहरुमध्ये पचास प्रतिशत भन्दा धेरैले भिसा प्राप्त गर्दै आएका छन् ।
क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिने नेपालीहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । क्यानडाको भिजिटर भिसा, विद्यार्थी भिसा र अन्य अस्थायी भिसाका लागि आवेदन दिने नेपालीहरुको संख्या विगतको बर्षको तुलनामा सन् २०१६ मा २३ प्रतिशतले बढेको क्यानेडियन सरकारको तथ्यांकले देखाएको छ । क्यानडाको सिटिजनसिप एण्ड इमिग्रेशनका अनुशार सन् २०१६ को जनवरीदेखि अहिलेसम्म मात्र ७ हजार भन्दा धेरै नेपालीहरुले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका छन् । सन् २०१५ मा ६ हजार १ सय ८७ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका थिए । ९ महिनाको अवधिको तुलनात्मक अध्ययन गर्दा सन् २०१६ को जनवरीदेखि सेप्टेम्बरसम्म ५ हजार ७ सय ६२ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका थिए । जबकी सन् २०१५ को सोही अवधि अर्थात् सन् २०१५ को जनवरीदेखि सेप्टेम्बरसम्म ४ हजार ६ सय ८८ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका थिए ।

सन् २०१४ मा ५ हजार ५ सय ७ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका थिए भने सन् २०१३ मा ३ हजार ७ सय ९५ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका थिए । त्यस्तै सन् २०१२ मा ३ हजार ८ सय ६० जना नेपालीहरुले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका थिए भने सन् २०११ मा ३ हजार ७ सय २७ जना नेपालीहरुले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका थिए । सन् २०११ को अवस्थासँग तुलना गर्दा अहिले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिने नेपालीहरुको संख्या झण्डै दोब्बर बढेको छ । ६ बर्षको अवधिमा मात्र झण्डै ३० हजार नेपालीहरुले क्यानडाको अस्थायी भिसाका लागि आवेदन दिएका छन् ।

क्यानडामा स्थायीरुपमा बसोबासका लागि आफ्नो योग्यता परिक्षण गर्न र आवेदन दिन यहाँ क्लिक गर्न सक्नुहुनेछ । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com