जुकरवर्गमाथि अध्यक्ष पद छोड्न दबाब !


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

फेसबुकका अध्यक्ष र सिइओ मार्क जुकरबर्गमाथि पदबाट राजीनामा दिनको लागि दबाब बढेको छ । केही समययता फेसबुक विवादमा तानिएपछि उनको पद पनि विवादमा तानिएको छ ।

बेलायती पत्रिका गार्जियनले जुकरबर्गलाई कम्पनीका लगानीकर्ताको तर्फबाट राजीनामाको दबाब बढेको उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सको रिपोर्टमा फेसबुकले प्रतिद्वन्द्पी कम्पनीविरुद्ध लेख्नेका लागि पिआर फर्म डिफायनर्सलाई भाडामा लिएको बताइएको थियो ।

गार्जियनमा उल्लेख भए अनुसार, सो रिपोर्ट सार्वजनिक भएपछि फेसबुकको लगानीकर्ता कम्पनी ट्रिलियम असेट म्यानेजमेन्टका सिनियर भाइस प्रेसिडेन्ट जोनस क्रनले जुकरवर्गसँग अध्यक्ष पद छोड्न माग गरेकी छिन् । उनले अध्यक्ष र सीइओ पद दुवै जुकरबर्गको भएकोले उनले कम्पनीलाई आफू अनुसार चलाएको तथा गल्तीहरु ढाकछोप भएको आरोप लगाउंदै फेसबुक एउटा कम्पनी भएकोले यसको अध्यक्ष र सिइओ भिन्न हुनुपर्ने माग गरेकी छिन् ।

जुकरबर्गले भने उक्त डिफायनर्स कम्पनीसँग आफ्नो कम्पनीले त्यस्तो काम अह्राएको बारे कुनै जानकारी नभएको बताउंदै फेसबुकले अब डिफायनर्ससँगको सम्झौता समाप्त गरेको जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com