पाइप गाड्न जमिन खन्दै थिए मजदुर, अचानक अनौठो आवाज आएपछि…


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

स्पेनको एक पार्कमा पाइप गाड्ने काम भइरहेको थियो । मजदुरहरु जमिन खन्दै थिए । यत्तिकैमा एक मजदुरले जमिन खन्दै गर्दा अनौठो आवाज आयो । यो कुनै कडा यस्तुमा ठोक्किएपछि आउने आवाज थियो । त्यसपछि मजदुरहरुले त्यहाँ खन्न थाले । खन्दै जाँदा त्यहाँ धातुका घडा भेटिए । घटा १–२ वटा होइन पूरै १९ वटा थिए । यिनीहरुको आकार पनि गाउँघरमा पानी बोक्न प्रयोग हुने घैंटाजत्रै थियो।

यी घडा खोलेर हेर्दा त्यहाँभित्र सबैमा चाँदी र तामाका परापूर्वकालीन सिक्काहरु भरिएका थिए । यी सिक्का करिब १६०० वर्ष पुराना अर्थात चौथो शताब्दीको रोमनकालका थिए । जसको मूल्य खर्बौं रुपैयाँ थियो । स्पेनको टमारेस शहरमा एक पार्कमा पाइप गाड्ने क्रममा यसरी खजाना भेटिएको हो । यहाँ भेटिएका सिक्कालाई जोख्दा तिनीहरुको तौल ६ क्विन्टल थियो । जमिनभित्र यी सबै घडा १ मिटरभन्दा पनि कम गहिराइमा भेटिएका थिए।

सेभिले पुरातत्व संग्रहालयका अनुसार यी सिक्काहरु सैनिकहरु वा अधिकारीहरुलाई दिन राखिएको हुन सक्छ । यी सिक्काहरुमा रोमन साम्राज्यका कन्स्टेन्टाइन र म्याक्सिमियानको तस्वीर अंकित थियो । यस्ता सिक्का यसअघि स्पेनमा कहीँ पनि भेटिएका थिएनन् । संग्रहालयकी निर्देशक एना नेवेरोले भनेकी थिइन् कि यी सिक्का त्यो जमानाका हुन् जतिबेला युरोपका अधिकांश भागमा रोमनले शासन गर्थे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com