Follow @khasokhasmag

फुलमाया घिसिङ बनिन् नेपाल प्रहरीको निरीक्षक


प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार

फुलमाया घिसिङ बनिन् नेपाल प्रहरीको निरीक्षक (सक्दो सेयर गरौँ)काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ३ धनमनामा जन्मिएका नेपाल प्रहरीको सहायकप्रहरी निरीक्षक फुलमाया घिसिङ प्रहरी निरीक्षक बनेकी छन् ।

२०६९ साल भदौमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकको रुपमा प्रवेश गरेकी घिसिङ हालै मात्रै प्रहरी निरीक्षक बनेकी हुन् । उनको दरबन्दी प्रहरीकेन्द्रीयकार्यालयमा तोकिएको छ ।२०४६ साल भदौ १५ गते बुवा गणेशमान घिसिङ र आमा मकुमाया घिसिङ कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी घिसिङले अंग्रेजी विषयमा मास्टरडिग्री गर्नुका साथै कानुनमा स्नात्तक उतीर्ण गरेकी छन् ।

नेपाल प्रहरीको सेवामा प्र्रवेश गर्नुअघि उनी अध्यापन पेशामा थिइन् । कालीदेवी आधारभूत विद्यालयमा अध्यापन पेशामा कार्यरत उनले त्यहाँ ५ वर्ष अध्यापन गरिन् । त्यसपछि २२ वर्षको उमेरबाट उनी नेपाल प्रहरीमा सेवामा प्रवेश गरेकी हुन् ।

स्थानीय जनता प्राथमिक विद्यालय र कालीदेवी प्राविबाट प्राथमिक शिक्षा लिएकी उनले बालविकास माध्यमिक विद्यालयबाट निम्न माध्यमिक तह र जनविकास माध्यमिक विद्यालय ताल्ढुंगाबाट माध्यमिक तहसम्मको शिक्षा लिइन् । र उनले २०६२ सालमा जनविकासबाट एसएलसी परीक्षा दिएकी हुन् ।प्रहरी सेवामार्फत जनताको सेवामा समर्पित हुन् उनको बाल्यकालदेखिकै रुचि हो । उनी भन्छन्, ‘सानैदेखि प्रहरी सेवामार्फत जनमुखी काम गर्ने मेरो रुचि र उद्देश्य दुवै थियो, म त्यही उद्देश्यअनुरुप प्रहरी सेवामा प्रवेश गरेकी हुँ’आफू प्रहरी सेवामा प्रवेश गर्ने प्रेरणा भने दाई दावा

घिसिङबाट प्राप्त भएको उनी बताउँछिन् ।
दाई दावाको बारम्बारको प्रेरणाका कारण आफू प्रहरी सेवामा उद्देश्य अनुसार प्रवेश गर्न सफल भएको उनको भनाई छ ।महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेल, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय भक्तपुरमा सहायक प्रहरी निरीक्षकको रुपमा काम गर्दै अनुभव हासिल गरेकी उनी हाल प्रहरी निरीक्षकको रुपमा प्रहरी हेडक्वार्टर प्रवेश गरेकी छिन् ।
प्रहरीमाथिको आरोप र आक्षेपहरु निर्मुल गर्दै नेपाल प्रहरीलाई जनमुखी सेवातिर अग्रसर गराउनका निम्ति आफू निरन्तर लागि पर्ने उनको प्रतिबद्धता छ ।
प्रहरी निरीक्षक बनेसँगै आफूलाई गर्व लाग्नुका साथै जिम्मेवारी बढेको महसुस भएको बताउने उनै घिसिङ परिस्थितीले आफू जहाँ पु¥याए पनि खुसी रहने बताउँछिन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com