बाहिरी चक्रपथको चोभार सतुङ्गल अगाडि बढाउने र सबै खण्डको जग्गा रोक्का अब एकैपटक
प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार
बाहिरी चक्रपथको पहिलो खण्ड चोभार–सतुङगल खण्डको ६.६ किमि निर्माण प्रक्रिया अगाडि बढाउने र पूरै खण्डको अगाडि बढाउने तयारी भएको छ । सहरी विकास मन्त्रालयले मन्त्रीपरषद्बाट उक्त निर्णय गराउन फाइल अगाडि बढाएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले अगाडि बढाउने यो आयोजनालाई अधिकार दिएर आवश्यक प्रक्रियाको सहजीकरण गर्ने र सरकारबाटै निर्णय गराउने गरी फाइल अगाडि बढेको मन्त्रालय स्रोतले आर्थिक न्युजलाई जानकारी दिएको छ ।
बाहिरी चक्रपथ ७२ किमिको हुने भनिएपनि विस्तृत परियोजना अध्ययन प्रतिवेदन र पछिल्लो अध्ययनले जम्मा ६६.५८ किमि हुने भएको छ । खण्डगत रूपमा जग्गा रोक्का राख्दा भू—माफियाको चलखेल बढ्ने र एकैपटक सबै जग्गा रोक्का राखेर चक्रपथ निर्माण गराउन उपयुक्त हुने भन्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले आवश्यक प्रक्रिया बढाउन निर्देशन दिइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
बाहिरी चक्रपथको विभिन्न १० वटा खण्डा छन् । यसमध्ये आठ खण्डको करिब ५५ किलोमिटरको डीपीआर तयार भएको छ । बाँकी खण्डको काम अगाडि बढाउने र डीपीआर पनि गर्दै जाने गरी बाहिरी चक्रपथ विकास आयोजनाले यो सडकमा पर्ने जग्गाको सिट नम्बर, रेखाङकन र उपलब्ध सबै तथ्यांक मन्त्रालयमा पेश गरिसकेको आयोजना प्रमुख दिलिप भण्डारीले दिए ।
डीपीआर तयार भएको आठ वटा खण्डमध्ये काठमाडौंमा पाँच, भक्तपुरमा तीन र ललितपुरमा दुईवटा खण्ड रहेको छ ।बाहिरी चक्रपथ निर्माणक सुरु गर्नुभन्दा पहिले नै चोभार सतुङ्गल खण्डमा जग्गा टुक्रा धेरै भएको पाइएकोले थप अध्ययन गर्ने र रेखाङ्कन तथा डीपीआर नै परिवर्तन गर्न थालिएको अगाडि बढाउन ढिलो भएको बाहिरी चक्रपथ निर्माण आयोजना प्रमुख दिलीप भण्डारीले भनाइ छ ।
भूमाफियाले २९ सय ५३ वटा कित्तालाई तीन आना भन्दा साना टुक्रा बनाएकोले यसको रेखाङ्कन तथा डीपीआर परिवर्तन गर्ने प्रस्ताव मन्त्रालयमा पठाएको छ । जग्गा टुक्रा गर्ने समस्या अरु खण्डमा रोक्न र आयोजनालाई छिटो अगाडि बढाउन पनि एकैपटक सबै खण्डको जग्गा रोक्का गर्ने प्रस्ताव उपत्यका विकास प्राधिकरणको भनाइ छ ।





