बुद्दनगर र गठ्ठाघरबाट २ ट्रक चालक घुस दिँदादिँदै पक्राउ


प्रकाशित मिति : कार्तिक २९, २०७५ बिहीबार

काठमाडौंको बुद्दनगरमा घुस दिँदै गरेका एक सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१० बुद्धनगरचोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिने बा. २ ख. ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

चालकले मिनिट्रकको कागजपत्र नभएको भनि प्रहरीलाई नगद १ हजार रूपैयाँ घुस दिएकोले तामाङलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

त्यसैगरी मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिने ना. ५ ख. ७१८१ नम्बरको ट्रक चालक मुरतुजमिया चुरियारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

रूट प्रमिट कागजको भित्र नगद २ सय रूपैयाँ राखी प्रहरीलाई घुस दिएकोले निज चुरियारलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । दुवै चालक र सवारी साधन नियन्त्रणमा लिई सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com