यसकारण रेखा थापा राप्रपामा


प्रकाशित मिति : मंसिर २७, २०७३ सोमबार

मेरो चलचित्रको पृष्ठभूमि हेर्ने हो भने रेखा थापा मञ्चमा उपस्थित हुनुको कारण बताइरहनु पर्छ भन्ने मलाई लाग्दैन । विगतका चलचित्र र वर्तमानका चलचित्रले मेरो कामको पुष्टि भइसकेको छ । म कहिले दुर्गा, कहिले काली र कहिले रामप्यारी बनेर अन्याय र अत्याचारविरुद्ध चलचित्रमार्फत आवाज उठाइरहेकी हुन्छु । जब मैले समाजसेवा गर्ने क्रममा मान्छेहरूले मेरो नेतृत्व क्षमता चिनेको मैले महसूस गरें । म विगत चार वर्षदेखि गहिरो अध्ययनमा थिएँ । तपार्इंहरूलाई अहिले आएर लाग्ला, रेखा थापा किन राप्रपामा ?


म एक हिन्दू नारी

म एक हिन्दू नारी हुँ, राष्ट्रवादी केटी हुँ । जबजब धर्तीमा अन्याय र अत्याचार बढ्छ, काली, दुर्गा र देवीको रूप धारण गरेर भगवतीको उपस्थिति हुन्छ । म गर्वका साथ के भन्न सक्छु भने राप्रपा नै मेरो घर थियो । यही नै मेरो विचारको पर्याय थियो । हामी सधैं नयाँ कुरालाई स्वीकारेर उसलाई एकपटक मौका दिने गर्छौं । कुनै बेला देशमा माओवादी जनलहर छाएको थियो । मलाई पनि त्यो लहरमा पसेर केही गर्नुपर्छ भन्ने लागेको थियो ।

म माओवादी विचारसँग सहमत थिइनँ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धर्म अनुशासन हो । म कलाकार तथा जनता भएको कारणले धर्मको जर्गेना गर्नु मेरो कर्तव्य हो । तपार्इंलाई रेखा थापा माओवादी पार्टीकी सदस्य थिई भन्ने लाग्ला । यदि त्यस्तो भ्रम छ भने म यसभन्दा पहिले कुनै पनि पार्टीमा नभएको स्पष्ट पार्न चाहन्छु ।

म सफल कलाकार थिएँ । दर्शकले आशीर्वाद दिएको कलाकारलाई कुनै पार्टीले टिकट दिनु नौलो थिएन । टिकट दिइए पनि मैले माओवादी पार्टीको सदस्यता लिएकी थिइनँ । तपार्इंहरूलाई म अवसरवादी भन्ने लाग्ला । माफ गर्नुहोला, म अवसरवादी होइन । म कुनै पनि हिसाबले माओवादीको विचारसँग सहमत थिइनँ ।

मैले माओवादी पार्टीको सदस्यता लिएकी थिइनँ । राप्रपा मेरो पहिलो पार्टी हो । लाखौं दर्शक, प्रशंसकले मलाई दिएको सुझावलाई मध्यनजर गरेर मैले यो पार्टी चुनेकी हुँ । म किन यहाँ प्रवेश गरें? लोभ लालच या अभिलाषाले पार्टी फेरेको होइन । म दृढताका साथ भन्न चाहन्छु, म कुनै पनि लोभमा लागेको होइन । म आत्मसन्तुष्टिका लागि राप्रपामा प्रवेश गरेकी हुँ । मलाई पार्टीले कुनै पनि लोभ देखाएको छैन ।

हिन्दू धर्मको सम्मान गर्ने पार्टीमा आएँ

तपाईहरूलाई थाहा छ, म हरेक चाडपर्व, रीतिरिवाजलाई उल्लासका साथ मनाइरहेकी हुन्छु । तीजमा रातो सारी, दशैंमा जमरा र टीका लगाएर मनाउने नारी हुँ म । राप्रपाले हिन्दू धर्मको सम्मान गरेको महसूस गरेर म यो पार्टीमा आएकी हुँ ।

तपाईहरूका अगाडि मैले कुनै सपना बाँड्न सुहाउँदैन । म वरिष्ठ नेताहरूको मार्गदर्शनमा रहेर मैले आफूले सक्दो काम गर्र्ने वाचा गर्न चाहन्छु । पुजारीले मन्दिरमा जाँदा रेखाजी, तपाईँ पनि मन्दिरमा भनेर किन भन्नुहुन्छ भन्ने लाग्थ्यो । अहिले म बुझ्दैछु त्यसको अर्थ । मन्दिर जानु मेरो अधिकार हो तर किन त्यसो भनिन्छ भन्ने मैले बुझेकी रहेनछु । म पशुपतिनाथमा गएर पूजाआजा गर्छु । बिहानीको शुरूवात धूपबाट हुन्छ । शालीनदीमा गएर जन्मदिन मनाउँछु । हाम्रो धर्मलाई राप्रपाले संरक्षण गरेको छ ।

हामी जसले जे काम गरेपनि हामी सबैमा राष्ट्रियता छ । जब देश संकटमा फस्दै गएको देखें, तब मलाई यो देशका लागि केही गर्नुपर्छ भन्ने लाग्यो । पुर्खाले संरक्षण गरेको देश ढल्न लाग्यो भने कसलाई देशका लागि केही गरुँ भन्ने लाग्दैन? मैले भन्न खोजेको कुरा तपाईहरूले बुझिसक्नुभएको छ ।

यो मेरो पहिलो र अन्तिम पार्टी

म राप्रपामा आउनुको कारण यो पार्टी योग्य र दूरदर्शी हुनु हो । मैले राजनीति बुझेदेखि फिल्मी भाषामा भन्दा म यो पार्टीको ग्रेट फ्यान हुँ । दूरदर्शिता भएका नेता यो पार्टीमा छन् । पूरै देश एउटा रफ्तारमा बगेको बेला हिन्दू धर्मको उहाँहरूले वकालत गर्नुभयो ।

मेरा लागि पहिलो र अन्तिम पार्टी हो राप्रपा । म राष्ट्र र राप्रपाको झण्डा ओढेर मर्न चाहन्छु । म बाँकी समयमा पनि देशको सेवा गरेर मर्न चाहन्छु । १६ वर्षको उमेरबाट एक्लै करिअर थालेर सफल भएझैं भोलि म राजनैतिक करिअरमा पनि मलाई साथ दिनुहुनेछ भन्ने मैले आशा गरेकी छु । मेरा लाखौं दर्शक तथा जनता खुसी हुनुहुन्छ भन्ने मैले आशा गरेकी छु ।

तपाई सबैको साथको आशा छ । जय राष्ट्रवाद ।

(रेखा थापाले सोमवार पार्टी प्रवेश कार्यक्रमका दौरान राजधानीमा आयोजित कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश लोकान्तरबाट )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com