इलेक्ट्रोनिक इञ्जिनियरलाई अष्ट्रेलियाको पीआर भिसा


प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार

मेरो श्रीमान इलेक्ट्रोनिक इञ्जिनियर हुनुहुन्छ । उहाँ अहिले इञ्जिनियरिङ कलेजमा पढाउँनु पनि हुन्छ । उहाँले आइएलटीएसमा समेत राम्रो स्कोर ल्याउँनुभएको छ । के हामीले अष्ट्रेलियाको पीआर भिसा पाउन सक्छौं ?

हिमालयन कङ्गारुले करियर डेस्क शुरु गरेपछि आएका असंख्या प्रश्नहरु मध्ये यो प्रश्न हो कृतिका पौडेल उप्रेतीजीको । उहाँको जस्तै अष्ट्रेलियामा इलेक्ट्रोनिक इञ्जिनियरको स्कोप र पीआरको अवस्थाका बारेमा अरु पनि हामीलाई जिज्ञासा राख्नुभएको छ । त्यसैले यसपटक हामी इलेक्ट्रोनिक इञ्जिनियरकै विषयमा केही तथ्य जानकारीहरु प्रस्तुत गर्दैछौं ।

को हुन् इलेक्ट्रोनिक इञ्जिनियर ?

अष्ट्रेलियाको अद्यागमन नीतिको परिभाषा अनुसार कुनै पनि विद्युतीय सामाग्री वा प्रविधि,सर्किट र कम्प्युटर प्रणाली,सञ्चार माध्यम,मनोरञ्जन ,यातायात लगायत विभिन्न औद्योगिक प्रविधिहरुको डिजाइन,एडाप्ट,इन्टल,टेष्ट र मर्मत गर्ने दक्षता भएका व्यक्तिहरु इलेक्ट्रोनिक इञ्जिनियर हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलिया एक विकसित र औद्योगिक रुपमा निकै फड्को मार्दै गएको मुलुक हो । त्यसैले यहाँ इलेक्ट्रोनिक इञ्जिनियरहरुको निश्चय नै खाँचो छ । तर पछिल्लो केही वर्ष यता अष्ट्रेलियामा इन्टरनेशनल इलेक्ट्रोनिक इञ्जिनियरहरु धेरै भित्रिएका छन् । जसले गर्दा यहाँको सरकारले छुट्याएको निश्चित कोटा वा आरक्षण संख्या लगभग समाप्त हुन लागेको छ । अष्ट्रेलियामा एउटा इलेक्ट्रोनिक इञ्जिनियरको वार्षिक आम्दानी १ लाख ११ हजार डलरभन्दा बढी छ । त्यसैले पनि अष्ट्रेलियामा आएर बस्न र काम गर्न चाहने इन्टरनेशनल इलेक्ट्रोनिक इञ्जिनियरहरु धेरै छन् ।

त्यसैले छिट्टै नै अष्ट्रेलियन सरकारले इलेक्ट्रोनिक इञ्जिनियरिङलाई दक्ष पेशाको सूचीबाट हटाउने योजना बनाइरहेको छ । यस कार्यको शुरुवात केही राज्यहरुले गरिसकेको छ । तर अझै केही राज्यहरुले भने इलेक्ट्रोनिक इञ्जिनियरलाई दक्ष कामदारको सूचीमा यथावत राखेर आवश्यक योग्यता पुगेकाहरुलाई पीआर भिसा उपलब्ध गराइरहेको छ । सीमित कोटा हुने भएकोले यसका लागि स्पोन्सरसीपको प्रवृत्तिमा निर्भर रहन्छ । त्यसो अष्ट्रेलियन सरकारले सीधै इलेक्ट्रोनिक्स इञ्जिनियरिङ शीर्षकमा पीआर भिसामा कटौति गर्दै गएपनि यसलाई सपोर्ट गर्ने अन्य केही भिसाको व्यवस्था गरेको छ । यसबारेमा यहाँले माइग्रेशन कानूनका विज्ञहरुसँग परामर्श लिनु अझ फलदायी हुन्छ । यहाँहरुले यहाँ क्लिक गरेर माइग्रेशन विज्ञहरुसँग आफ्नो कुरा राख्नसक्नुहुनेछ ।

आवश्यक योग्यताहरु :

अष्ट्रेलियाको फरक फरक राज्यहरुले इलेक्ट्रोनिक्स इञ्जिनियरिङका लागि पनि फरक फरक योग्यताको मापदण्डहरुको व्यवस्था गरेका छन् ।
तर साधारणतय निम्न योग्यताहरु आवश्यक पर्दछन् :

–इञ्जिनियरिङ विषयमा स्नातक वा सोभन्दा माथि ।

–कम्तीमा तीन वर्षको काम गरेको अनुभव

–१८ वर्ष पूरा भई ४९ ननाघेको ।

–बलियो आर्थिक सपोर्ट ।

–आइएलटिएसमा न्यूनतम् ६.५ स्कोर ।

आवश्यक योग्यता पुगेकाहरुले आवेदन दिएको मितिबाट ६–७ हप्ताको समय प्रोसेसिङका लागि समय लाग्छ ।

–हिमालयन कङ्गारु 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com