सर्वोच्चका कारण रोकियो एनसेलबाट कर असुली


प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका चारवटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । मुद्दा विचाराधीन भएकै कारण एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन गरेर भए पनि कर असुल्ने तयारी अवरुद्ध भएको छ ।

एनसेलविरुद्ध महालेखा परीक्षकको कार्यालयले बेरुजुको मुद्दा छ । मुद्दामा एनसेलले नै फेरि रिट दायर गरेको छ । अन्य राजश्वसम्बन्धी मुद्दाहरु पनि सर्वोच्चमा विचाराधीन छन् । एनसेलले रेडियो फ्रिक्वेन्सीको दस्तुरसमेत नबुझाएको भन्दै बेरुजु छ । दूरसञ्चार नियमावली अनुसार, वार्षिक आम्दानीको ४ प्रतिशत रकम रोयल्टी बुझाउनु पर्छ तर एनसेलले १ करोड ५८ लाख ७३ हजार ४ सय ५० रुपैयाँ मात्र बुझाएको र कम आम्दानी देखाएको महालेखाको ठहर छ ।

स्वीडिस कम्पनी टेलियासोनेराले २०७२ मा १ खर्ब ४४ अर्ब रुपैयाँको सबै शेयर आजियाटा कम्पनीलाई बिक्री गरेको थियो । कम्पनी बिक्रीपछि लाभकर विवाद छ । सरकारले लाभकर असुल्ने प्रक्रिया अघि बढाउँदा सर्वोच्चमा परेका मुद्दाका कारण समस्या परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com