बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरेर हत्या गरिएकी काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी नेपालीका छोरा सुमन नेपालीले मुटु चिरिने भिडियो बयान दिएका छन् ।
लक्ष्मीलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको थियो ।
विडम्वना के छ भने सो घटनामा पीडित परियारले प्रहरी कार्यालय चौबासमा निवेदन दिए पछि प्रहरी र स्थानीयले मिलापत्र गराएका थिए ।
मिलापत्र गरेको २४ घन्टा नबित्दै पीडित महिलाको मृत्यु भएको थियो । मृत्युको मुखमा पुगेकी महिलासंग कसरी मिलापत्र गराइयो भन्ने प्रश्न पनि यहानिर उठेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
मृत्यु पश्चात् माइती पक्षले प्रहरीसमक्ष किटानी जाहेरी दिएपछि हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक हीरा लामा र साइँला तामाङलाई पक्राउ गरेको छ भने थप अनुसन्धानका लागि भन्दै लक्ष्मीका श्रीमान् मिलन परियारलाई पनि पक्राउ गरेको थियो ।
यस्तो छ प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको भिडियो बयान ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।