त्रिभुवन विमानस्थलमा पार्किङस्थल बढाइँदै, अब ९ होइन १३ ठूला जहाज पार्किङ गर्न सकिने


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोटक पदार्थबाट जोगिन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षित जहाज पार्किङ निर्माण गरिएको जनाएको छ । विमानस्थलमा कुनै विस्फोटक पदार्थ भए खतराको संकेत मिल्ने र जहाजहरुलाई सुरक्षित स्थलमा सारेर सो ठाउँको चेकजाँच गर्न सकिने छ । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त र सुरक्षित पार्किङस्थल नभएकाले थप सुरक्षित पार्किङ निर्माण गर्न लागिएको हो।

नयाँ पार्किङले खतराबाट जहाज र विमानस्थललाई सुरक्षित गर्न सहयोग पुग्ने छ । फागुन अन्तिमसम्ममा पार्किङ निर्माण सम्पन्न गरी ठूलो आकारका दुई वटा ३–३० जहाज र दुई वटा एटिआर ७२ जहाज पार्किङ गर्न मिल्ने व्यवस्था मिलाइने छ । कुल दुई सय १३ मीटर लम्बाई र ६५ मीटर चौडाइ रहेको यो पार्किङस्थल ४६ करोड लगानीमा निर्माण सुरु गरिएको हो । प्राधिकरणले छुट्टै ५९ करोड लगानीमा थप दुई वटा ३–३० को ठूलो जहाज पार्किङस्थलको पनि निर्माण सुरु गरेको छ । यी पार्किङस्थलहरु बनेपछि हाल नौ वटा मात्रै ठूला जहाज पार्किङ गर्न सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ वटा ठूला जहाज पार्किङ गर्न सकिने छ । पर्याप्त पार्किङ नहुँदा त्रिभुवन विमानस्थलले बारम्बार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरुलाई आकाशमै होल्ड गर्ने गरेको छ । यी पार्किङस्थल बनेपछि उडान र अन्य अपरेसनमा सहजता हुने विश्वास प्राधिकरणको रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com