१५ हजार नेपालीलाई क्यानडाको पीआर, यस्ता छन् पीआर पाउने तरिका


प्रकाशित मिति : मंसिर २७, २०७३ सोमबार

 – किशोर पन्थी /न्युयोर्क

संयुक्त राज्य अमेरिकापछि क्यानडामा गएर त्यहाँको स्थायी बासिन्दा हुने नेपालीहरुको संख्या निकै बढ्दो रहेको छ । क्यानडाको सरकारी तथ्यांक अनुशार विगत ३ वर्षमा क्यानडाको स्थायी बासिन्दा हुने नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । उत्तर अमेरिकामा संयुक्त राज्य अमेरिकापछि नेपालीको दोश्रो गन्तब्य क्यानडा हुन पुगेको छ । सन् २००४ यतामात्रै क्यानडाको स्थायी बासिन्दा हुने नेपालीहरुको संख्या झण्डै १३ हजार पुगेको छ ।

संयुक्त राज्य अमेरिकामा आइसकेपछि कागजपत्र बनाउन असफल हुनेहरु पनि क्यानडातिर लागेर कागजपत्र बनाउन सफल हुने गरेका छन् भने पछिल्लो चरणमा सुरक्षाका दृष्टिकोणले पनि अमेरिकाभन्दा क्यानडालाई रोज्नेहरुको संख्या उल्लेख्य छ । अमेरिकन पासपोर्टका साथ विश्वका विभिन्न मुलुकमा जाँदा जति सुरक्षामा खतरा ठानिन्छ, त्यती क्यानेडियन पासपोर्टमा विश्वका मुलुकहरुमा जाँदा खतरा छैन ।

यस्तो छ सरकारी सर्वेक्षण

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१४ सम्मको सर्वेक्षण अनुशार क्यानडामा रहेका नेपालीहरुको संख्या ९ हजार ७ सय ८० हो । जसमध्ये ८ हजार ८ सय ६५ जना पहिलो जेनेरेशनका हुन् । त्यस्तै ८७० जना दोश्रो जेनेरेशनका रहेका छन् भने तेश्रो जेनेरेशन वा त्यो भन्दा पछिका जम्मा ५० जना रहेका छन् । अमेरिकामा रहेका नेपालीहरुमा ५ हजार २० जना पुरुषहरु र ४ हजार ७ सय ६५ जना महिलाहरु रहेको सरकारी तथ्यांक रहेको छ ।

नेपालीहरुमा १५ वर्ष मुनीका मात्रै २२ सय १० जना रहेका छन् भने १५ वर्षदेखि माथिका ७ हजार ५ सय ८० जना रहेका छन् । १५ वर्षदेखि माथिका नेपालीहरुलाई विभिन्न उमेर समुहमा विभाजन गर्दा १५ वर्षदेखि २४ वर्षसम्मका १७ सय २५ जना, २५ देखि ५४ वर्षसम्मका ५ हजार १ सय ५५ जना, २५ देखि ३४ वर्षसम्मका २ हजार ४५ जना, ३५ देखि ४४ वर्षसम्मका १९९० जना , ४५ देखि ५४ वर्षसम्मका ११ सय २५ जना, ५५ देखि ६४ वर्षसम्मका ४६० जना र ६५ वर्षभन्दा माथिका २६५ जना नेपालीहरु रहेका छन् । सरकारी तथ्यांक यस्तो भएतापनि यो तथ्यांकमा कैयन नेपालीहरु समावेश नभएको विश्वास गरिन्छ ।

सरकारी सर्वेक्षण अनुशार सबैभन्दा बढी नेपालीहरुको बसोबास ओन्टारियोमा रहेको छ । त्यसपछि अल्बर्टामा उल्लेख्य संख्यामा नेपालीहरु बसोबास गरिरहेका छन् । ब्रिटिस कोलम्बिया र क्युबेकमा पनि उल्लेख्य संख्यामा नेपालीहरु रहेका छन् । ओन्टारियोमा मात्र ४ हजार ४ सय नेपालीहरु रहेको सरकारी तथ्यांक रहेको छ ।

ब्रिटिस कोलम्बियामा १२ सय ५५ जना नेपालीहरु रहेको क्यानडाको जनगणनाले देखाएको छ भने क्युबेकमा २ सय ९५ जना नेपालीहरु रहेका छन् । सन् २००६ को जनगणना अनुशार क्यानडामा जम्मा ३ हजार ७ सय ८० जना नेपालीहरु रहेका थिए । हरेक ५ वर्षमा हुने जनगणना अनुशार सन् २०११ सम्म झण्डै ३ गुणा बढेको क्यानडाका नेपालीहरुको आधिकारिक संख्या सन् २०१६ सम्म १५ हजार भन्दा माथि पुग्ने अनुमान गर्न सकिन्छ ।

 

क्यानडामा नेपालीको इतिहास

क्यानडामा नेपालीको आकर्षण पछिल्लो चरणमा बढ्दो रहेपनि क्यानडामा नेपालीहरुको बसोबासको इतिहास लामो छैन । सन् १९९१ सम्ममा त क्यानडामा जम्मा १ सय २५ जनामात्रै नेपालीहरु रहेको सरकारी तथ्यांक रहेको छ । क्यानडामा नेपालीहरु १९६० को दशकदेखि आउन थालेको विश्वास गरिन्छ । दोश्रो विश्वयुद्धपछि क्यानडाका सैन्य भेट्रानहरुले स्थापना गरेको गोरखा वेलफेयर अपिल मार्फत पनि केही नेपालीहरुले क्यानडामा बसोबासको अवशर प्राप्त गरेका थिए । क्यानडामा रहेका नेपालीहरुमध्ये झण्डै आधाजसोको बसोबास ओन्टारियो नै रहेको छ भने त्यसपछि ब्रिटिस कोलम्बिया नेपालीहरुको रोजाई बनेको छ ।

सन् २०१३ र सन् २०१४ मा त झण्डै दुईहजार नेपालीहरु अल्ब्राटामा बसोबास गर्न थालेको तथ्यांकहरुले देखाउछन् । क्यानडाको सरकारले डाक्टर, इन्जियनियर, नर्स , प्रोफेसर, एकाउन्टेन्ट जस्ता पदमा कार्यरत पेशाकर्मीहरुलाई स्थायी बासिन्दा बन्ने अवशर प्रदान गरेपछि यो कार्यक्रम मार्फत ठूलो संख्यामा नेपालीहरु क्यानडामा प्रवेश गरेका छन् । क्यानडामा विभिन्न पेशाकर्मी नेपालीहरुले स्थायी बासिन्दाका रुपमा जाने अवशर प्राप्त गरेका कारण क्यानडामा रहेका नेपालीहरुमा बौद्धिक र पेशाकर्मीहरुको बाहुल्यता रहेको छ । क्यानडामा प्रोफेसर, बैंकर, एकाउन्टेन्ट, डाक्टर, इन्जिनियर, खेलाडीका रुपमा कार्यरत नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । कैयन नेपालीहरु त क्यानडाको मुलधारे राजनीतिमा पनि अग्रशर हुन थालेका छन् ।

कति नेपाली क्यानडाको स्थायी बासिन्दा ?

सन् २००३ सम्म झण्डै २ हजार नेपालीहरुले क्यानडाको स्थायी बासिन्दाको अनुमतिपत्र प्राप्त गरेको सरकारी तथ्यांक रहेको छ । त्यसपछि सन् २००४मा चारसय ४ जना नेपालीहरु क्यानडाका स्थायी बासिन्दा भए । सन् २००५ मा ६ सय ७ जना नेपालीहरुले क्यानडामा स्थायी रुपमा बसोबास गर्नका लागि अनुमतिपत्र प्राप्त गरे । त्यस्तै सन् २००६ मा त्यो संख्या अलिक घटेर ५ सय ४० मा झरेको थियो । त्यस्तै सन् २००७ मा ५ सय ११ जना नेपालीहरुले क्यानडाको स्थायी बासिन्दा हुनका लागि स्वीकृति पाए भने सन् २००८ मा ५ सय ८१ जना नेपालीहरु क्यानडाको स्थायी बासिन्दा भए । त्यस्तै सन् २००९ मा ५ सय ६१ जना नेपालीहरुले क्यानडामा स्थायी रुपमा बसोबासका लागि स्वीकृति प्राप्त गरे ।

सन् २०१० मा भने यो संख्या ऐतिहासिक रुपमा बृद्धि भयो । सन् २०१० मा १३ सय ९२ जना नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि स्वीकृति प्राप्त गरे । सन् २०११ मा यो संख्यामा केही कमी आयो । यो वर्ष ११ सय २९ जना नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि स्वीकृति प्राप्त गरे भन् सन् २०१२ मा ११ सय ८५ जना नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि स्वीकृति पाए । सन् २०१३ मा १३ सय ८ जना नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि अनुमतिपत्र प्राप्त गरेका थिए । त्यसयता झण्डै ४ हजार नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि अनुमति प्राप्त गरेको विभिन्न तथ्यांकहरुले देखाउँछन् । यसरी हेर्दा अहिलेसम्म क्यनडामा स्थायी बसोबासका लागि अनुमति प्राप्त गर्ने नेपालीहरुको संख्या झण्डै १५ हजार रहेको छ ।

क्यानडाको स्थायी बासिन्दा हुने तरिका

क्यानडामा सबैभन्दा धेरै आप्रवासीहरु पारिवारिक आधारमा स्थायी बासिन्दा हुने अवशर प्राप्त गरेका छन् । क्यानडाको स्थायी बासिन्दा भइसकेको व्यक्तिका श्रीमान् वा श्रीमति, छोराछोरीहरु र बाबुआमा तथा हजुरबा हजुरआमाले पारिवारिक आधारमा क्यानडाको स्थायी बासिन्दाको अनुमतिपत्र प्राप्त गर्दछ्न । दक्ष कामदारका, व्यवसायी, स्वरोजगार, लगानीकर्ता लगायतका आर्थिक आधारमा क्यानडाको स्थायी बासिन्दा हुनेहरुको संख्या पारिवारिक आधारमा स्थायी बासिन्दा हुनेहरुको भन्दा पनि धेरै रहेको छ । त्यस्तै शरणार्थीका रुपमा क्यानडामा बसेर स्थायी बासिन्दा हुनेहरुको संख्या पनि उल्लेख्य नै छ ।

शरणार्थी बनेर क्यानडाको स्थायी बासिन्दा हुने बाटो पनि धेरै नेपालीहरुले रोज्दै आएका छन् । क्यानडामा भुटानी शरणार्थीहरुको संख्या पनि ६ हजार नाघिसकेको छ । क्यानडामा पुगेरै आफू स्वेदश फर्कन नसक्ने भन्दै शरणार्थीका लागि आवेदन दिनेहरु गतवर्षमात्रै १९ हजार भन्दा बढी थिए । जसमध्ये नेपालीहरु पनि ठूलो संख्यामा रहेका थिए । पछिल्लो चरणमा क्यानडामा एसाइलम स्वीकृत दर उच्च भएकाले नेपालीहरु क्यानडामा पुगेर एसाइलम गर्न थालेका छन् । सन् २०१४ को तथ्यांक अनुशार क्यानडामा १९ हजार ९ सय ६० जनाले एसाएलमका आवेदन दिएकोमा आधाभन्दा धेरैको एसाइलम स्वीकृत भएको थियो ।

जबकि सन् २०१३ मा जम्मा ३८ प्रतिशत एसाइलमका आवेदनहरु स्वीकृत भएका थिए । सन् २०१२ को नोभेम्बरसम्म ८ हजार ६ सय ४६ एसाइलमका आवेदन परेकोमा २४४९ अर्थात् २८ प्रतिशत आवेदन स्वीकृत भएका थिए भने सन् २०११ मा १५ हजार ५ सय एसाइलमका आवेदन परेकोमा ३१ प्रतिशत अर्थात् ४८ सय आवेदनहरु स्वीकृत भएका थिए । पछिल्लो तथ्यांक अनुशार क्यानडामा एसाइलम गर्ने नेपालीहरुमध्ये ८० प्रतिशत भन्दा धेरैको एसाइलम स्वीकृत हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com