काठमाडौंभित्रको कर्णाली (भिडियो सहित)


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

काठमाडौं जिल्ला भित्रैको एउटा विकट गाउँ हो पटाप । तर त्यहाँका समस्याहरु हेर्दा कर्लाणीका भन्दा कम छैनन् । त्यहाँका बासिन्दाहरु विभिन्न खाले स्वास्थ्यसमस्याबाट ग्रसित छन् ।

काठमाडौंबाट ३० किलोमिटर उत्तर पश्चिममा रहेको पटापमा अहिलेसम्म राम्रो बाटोको सुविधा छैन । कोही विरामी भएमा मानेसम्ममात्र एम्बुलेन्स पुग्छ, त्यहाँसम्म बिरामीलाई बोकेरै लैजानुपर्छ ।

नगरपालिकाभित्रै रहेपनि पटापमा अहिलेसम्म खासै विकाश पुगेको छैन । त्यहाँका बासिन्दाहरुले स्वास्थ्य भवन र डाक्टरको सुविधाको माग गरेका छन् । पटापमा पर्यटन व्यवसाय र व्यवसायिक पशुपालनको भने राम्रो सम्भावना छ । धार्मिक आस्था बोकेको कुण्डेश्वरी महादेवको प्रवद्र्धन गर्न सकेमा पटापमा थप आन्तरिक पर्यटक समेत भित्राउन सकिन्छ ।

पटापबारे कुवेर दंगाल लगायतको टिमले बनाएको भिडियोचित्र ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com