नेपाल सम्वत ११३९ को औपचारिक समारोह अचानक किन स्थगित भयो ?


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

नेपाल सम्वत ११३९ मूल समारोह समितिले यो वर्षको औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

नेपाल सम्वत अभियानका अगुवा नेता पद्मरत्न तुलाधरको निधनको शोकमा समितिले यो वर्षको नेपाल सम्वत ११३९ मुल समारोह कार्यक्रम स्थगित गरेको हो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर नयाँ नेपाल सम्वत शुरु भएको खुशीयालीमा विहीवार विहानै काठमाडौं र नेवार बाहुल्यता जिल्लाहरुमा अनौपचारिक शान्ति र्याली निकालिएको छ । काठमाडौंको वसन्तपुरबाट शुरु भएको सांस्कृतिक र्याली ललितपुरमा पुगेर समापन भएको थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइदै आएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

यस्तै, शंखघकर स्वॉख्वा प्रतिष्ठान, ठिमीले नेपाल सम्बत प्रचलनमा उल्लेख्य योगदान पु¥याउने दुई अगुवाहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा लोपोउन्मुख नौथरी बाजा र महाकाली नृत्य प्रस्तुत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com