बुटवलमा ७६ वर्षे वृद्धसहित २१ जना जुवाडे पक्राउ


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

बुटवल प्रहरीले जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ । जुवाकाे खालबाट पाँच लाख दुई हजार रुपैयाँ समेत बरामद भएको छ ।

रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा पासा खेलिरहेका १० जनाबाट ४ लाख २६ हजार २ सय, रुपन्देहीकै देवदह ३ सूर्यपुराबाट ५ जनासहित ७२ हजार ७३० र देवदहकै भवानीपुरबाट ३ हजार ८२५ रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।

गएराति १२ बजे तिलोत्तमा ९ का ४८ वर्षीय केशब न्यौपानेको घरमा पासा खेलिरहेको अबस्थामा प्रहरीले छापा मारेर सोहि स्थानका ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१ वर्षीय हरि पौडेल, १८ वर्षीय नितेष न्यौपाने, ५५ वर्षीय तुल्सीराम कडेल, ३८ वर्षीय मुकेश पाण्डे र ७६ वर्षीय शिबलाल कँडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी खैरेनीले रुपन्देही देवदह ३ का लोकराज भारतीको घरमा जुवा खेलिरहेका ५ जना र देवदहकै भवानीपुरबाट ६ जनालाई पक्रेको छ ।

पक्राउ परेका ब्यक्तिहरु इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलमा राखिएकाे छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com