Follow @khasokhasmag

भाटभटेनी सुपरमार्केटको सामान बेच्न रोक


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

सरकारले भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । सुपरमार्केटको दुधजन्य बस्तुमा अखाद्य वस्तु भेटेपछि बिक्री बितरणमा लगाइएको हो ।

समाचारका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनबाट भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिनुभयो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com