अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको बहुमत
प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको छ । अहिलेसम्मको चुनावी परिणाम अनुशार मंगलबार भएको निर्वाचनबाट अमेरिकी प्रतिनिधिसभामा २१८ जना डेमोक्रेटिक पार्टीका उम्मेदरहरुले विजय प्राप्त गरिसकेका छन् ।
अमेरिकी प्रतिनिधिसभामा बहुमत ल्याउनका लागि २ सय १८ सिटको आवश्यकता पर्छ । अमेरिकी प्रतिनिधिसभामा कुल सदस्य संख्या ४३५ रहेको छ । मंगलबार सबै सिटमा चुनाव भएको हो ।
अहिलेसम्मको मत परिणाम अनुशार डेमोक्रेटिक पार्टीले १९२ सिटमा जीत हासिल गरेको छ । अहिलेसम्मको मतगणना अनुशार डेमोक्रेटिक पार्टीले २२९ सिटमा जीत हासिल गर्ने सम्भावना रहेको छ भने रिपब्लिकन पार्टीले २०६ सिटमा जीत हासिल गर्ने सम्भावना रहेको छ ।
अहिलेको अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनको बहुमत रहेकोमा मंगलबारको चुनावबाट रिपब्लिकनले प्रतिनिधिसभामा बहुमत गुमाएको छ । तर सिनेटमा भने रिपब्लिकनले नियन्त्रण कायम गरेको छ ।