डान्सबारहरूको यस्तो हर्कत ! एउटा जुस खाएको ८ हजार रुपैया ?


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

गत साता नयाँ बसपार्कको नमस्ते डान्सबारले एउटा जुस खाएको विल कसरी ८ हजार लिन्छ ? भन्ने देखाएका थियाँै । यति मात्रै होइन रेष्टुरेण्ट सञ्चालकले अवैध रेष्टुरेन्टबाटै देह व्यापार पनि गराउने गरेको देखायांै । जहाँ सञ्चालकले प्रहरीलाई समेत सेटिङ मिलाउनु पर्छ भनेका थिए ।

अहिले नमस्ते डान्सबार शिल छ, भने यसका सञ्चालक प्रहरी हिरासतमा छन् । तर यो घटना सेलाउन नपाउँदै बालाजुमा रहेको मिड नाइट लज एण्ड डान्सबारले समेत यस्तै हर्कत गरेको छ । हामीलाई सर्वसाधरणको गुनासो आएपछि हाम्रो टिमले मिड नाइट लन्ज ऐण्ड डान्सबारमा स्टीङ गरेको थियो ।

यो रेष्टुरेण्टमा पनि यसरी नै ग्राहक फकाइन्छ र बारमा पु¥याइन्छ । भित्र जाने वित्तिकै केहि युवती आएर सँगै बस्छन् र उनिहरुले नै आँफै अडर गर्न थाल्छन् । हाम्रा टिभि जर्नलिष्ट शालिकराम पुडासैनीले एउटा जुस माग्दा उनिहरुले रेड लेबल लगाएतका मदिरा अर्डर गर्छन् ।

र अन्तमा एउटा जुस खाएका हाम्रा टिभि जर्नलिष्टलाई ८ हजारको विल थमाइन्छ । यस अघिकै घटना दोहोरिए पछि प्रहरीसँग समन्वय गरी हामी रेष्टुरेण्ट तर्फ लाग्छौँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेष्टुरेण्टका कर्मचारीका रुपमा सँगै बसेकी युवतीले अर्डर गरेको सबै रक्सी र खानाको विल हाम्रा टिभि जर्नालिष्टको नाममा जोडिएको रहेछ ।

र ति युवतीलाई सँगै बस्न र अर्डर गर्न होटल सञ्चालकले नै लगाएका रहेछन् । उनिहरुले सबै ग्राहकलाई यसरी नै ठग्ने गरेका रहेछन् । अहिले रेष्टुरेण्ट बन्द छ भने सञ्चालक तथा कर्मचारीहरु अहिले प्रहरी थुनामा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com