आफैले जग्गा बेचेर जापान पठाएकाे प्रेमीले धोका दिएपछी…


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

धरान ११ स्थित बसोबास गर्दै आएकी मनिषा कुलुङ राई(नाम परिवर्तन) ले पत्रकार सम्मेलन गर्दै आफैले जापान पठाएकाे प्रेमीले धोका दिएकाे बताएकी छिन् । करिब २ बर्ष अघि धरानमा रहेको जग्गा बेचेर जापान पठाएका प्रेमीले धोका दिएको भन्दै उनले पत्रकार सम्मेलन गराएकी हुन् ।

उनले २ वर्षहघि सँगै बसेर ‘म आएपछि तिमिलाई पनि जापान लान्छु र उतै हामी खुसी साट्दै घरजम गराैला’ भनेका प्रेमीले जापानबाट फर्के पछि अर्कै केटी बिहे गर्दा अाफु झसंग भएकाे बताइन् । उनले तबमात्र बुझिन् उनकाे प्रेमी भनाैदाेले धोका दिएको । उनले पत्रकार सम्मेलनमा उक्त धाेकेबाज प्रेमीलार्इपक्राउ गरी अरु चेलीबेटीहरुको जिवनसँग खेलबाड हुन नदिन आग्रह समेत गरेकी छिन् ।

यस्तो छ प्रेस विज्ञप्तीको पुर्णपाठ : आदरणिय सञ्चारकर्मी

मेरो नाम रोस्निका कुलुङ राई (नाम परिवर्तन) हो । म धरान १७ मा बसोबास गर्दै आइरहेकी छु । म एक पिडित महिला हुँ ।मैले न्यायका लागी प्रहरी प्रशासन सम्म पुगेर न्याय मागे तर अहिले सम्म भएगरेका प्रयासहरुले मलाई न्याय दिन सकेको छैन । प्रहरी प्रशासनमा पटक पटक छलफलहरु भए तर पनि छलफबाट पनि मैले न्याय पाउन सकिरहेकी छैन ।त्यसैले आज मैले राज्यको चौथो अङ्गसँग न्यायका लागी अनुरोध गर्न चाहन्छु र पत्रकारको कलमद्धारा म पिडित महिलाले न्याय पाउनका लागी सहयोग मिल्नेछ भन्ने मेरो अपेक्षा रहेको छ । मैले अघि पनि सञ्चारकर्मी ज्युहरुलाई अवगत गराइसकेकी छु कि म एक पिडित महिला हुँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरो ८ बर्ष अघि(२०६८) साल देखी धनकुटा आहालेका रोशन राई (विप्लब)सँग सामान्य चिनजान र लेनदेनको कारोबारले मायाप्रेम बस्यो । शुरुमा उसले मसँग ७००० ऋण मागेर लग्यो, त्यसपछि त्यहि ७००० रुपैँया नै हामी बिच माया प्रेमको माध्यम बन्यो । प्रेम बसेपछि सुरुका दिनमा धरान १७ स्थित मेरो कोठामा हामी दुवै जना सँगै बस्न थाल्यौ । हामी २०७१ सालदेखी अघोषित रुपमा सँगै श्रीमान् श्रीमतीका रुपमा बस्न थाल्यौँ । उ धरानमा आएर बस्थ्यो अनि प्रेम बसेपछि म आँफैले मेरो कोठामा राख्न थाले । उ बेरोजगारी अवस्था र पढ्ने भएकाले उसको अभावमा म आफैँले सम्पूर्ण खर्च व्यहोरेको थिएँ ।

उसले मसँग भएका पैसाहरु धेरै पटक आँफै झिकेर लाने गर्दथ्यो । म पनि आखिर श्रीमान् हो भनेर केही भन्ने गरेकी थिइँन । अहिले सम्म उसले मसँग भएको पैसा कति लग्यो भन्ने हेक्का समेत छैन । तर मैले उसको जिवनको लागी आफुसँग भएको सम्पुर्ण जायजेथा सकिसकेकी छु । उसको भविष्यको लागी उसलाई जापान पठाउनका लागी मैले अहिले २० लाख रुपैयाँ खर्च गरिसकेकी छु । २ बर्ष अघि मात्र उ जापान गएको हो । जापान पठाउनका लागी म आफैँ काठमाडौं सम्म छाड्न समेत गएकी थएँ ।

मैले उसलाई धरान ११ मंगलबारेमा रहेको ९ धुर जग्गा बेचेर जापान पठाएकी थिएँ । उसको लागी भनेर यसअघि पनि धनकुटामा लाहुरे ट्रेनिङ खोल्न भनेर पैसा दिएँ । आफ्नै श्रीमान् हो पैसा दिँदा के भयो र भन्ने मलाई लाग्थ्यो । अनि उसले पनि मलाई बिहे गर्छु भनेर विस्वास जितेको थियो । तर अहिले आएर त्यो विश्वास तोडेर मलाई घरको न घाटको बनाएको छ । उ जापानबाट आएर मलाई बिहे गर्ने र जापान लैजाने सम्मको आश्वासन दिएको थियो । तर जापानबाट आएर मसँग कुनै सम्पर्क नै गरेन । उसले भखरै मलाई छाडेर विबाह गरेको छ । मेरो जिवनलाई ववार्द बनायो ।

त्यसैले आज म यो पत्रकार सम्मेलन गर्न वाध्य भएको छु । सञ्चारकर्मी ज्युहरुलाई हामी सधैँ श्रीमान श्रीमतिको रुपमानै बसेको हौँ । हाम्रो प्रेमको निशानी समेत भएको थियो ।५ महिनाको गर्भ विभिन्न वाहाना बनाएर गर्भपतन गराउन बाध्य बनायो । म सँग हाम्रो मायाको निशानीको फोटो समेत रहेको जानकारी गराउन चाहान्छु । आज म सो व्यीक्तबाट अत्यान्तै पीडित बनेको छु । जस्का लागी मैले सर्वस्व सुीम्पएकी छु । तर उस्ले आज धोका दिएका छ । मेरो सबै सम्पति समेत उसकै लागि भनेर मैले सके । मले न्याय पाउन सकिन । प्रहरी प्रशासन सम्म पुगेर दोहोरो छलफल समेत भए पनि प्रमाण खोज्छ ।

तर म सँग प्रमाण छैन ।मैले उसलाइ विश्वासको आधारमा सबै कुरा दिएको हुँ । आज मैले प्रहरी प्रशाशनमा गएर न्याय माग्दा के प्रमाण छ भनेर उल्टै मलाई तनाव दिदँै आएका छन् ।जस कारणले आज मैले पत्रकार सम्मेलन गर्न बाध्य भएकी हुँ । मेरो जिवन बवार्द त बनायो नै मैले उस्को लागी लगानी गरेको २० लाखको समेत डुबेको छ । मैले २० लाख रुपैँया सहित आफुलाई परेको अन्यायको न्याय पाउ भनि इलाका प्रहरी कार्यलय धरानमा पनि उजुरी दिए तर प्रहरीले उजरी लिन मानेनर जिल्ला प्रशासन कार्यलय सुनसरी पठायो । त्याहाबाट पनि मैले उचित न्याय पाउन सकेको छैन । उसको वैंक खाता कृषि विकाश वैंकमा खाता बनाउदा मलाई श्रीमति भनेर उल्लेख गरेको छ । भने ५ महिनाको बच्चा गर्भपतन गराउँदा समेत मेरो श्रीमती हो भनेर हस्ताक्षर गरेको समेत जानकारी गराउछु ।

त्यसैले यसै पत्रकार सम्मेलन मार्पmत म आग्रह गर्न चाहान्छु ,तयो रोशन राई भन्ने व्यक्तिले भखरै विवाह गरेको छ । अहिले उ इटहरी ससुरालीमा नै छ । उसको नियत सरासर गलत छ । म एक महिलालाई विजोक वनाएको छ । फेरी अर्को महिला म जस्तो पिडित बनेर भोली विजोक हुनु त्यसैले नपरोस् । उस्लाई कानुनि काबाही सहित मैले उस्को लागी २० लाख रकम सहित फिर्ता होस भनी न्याय दिलाउन आग्रह गर्दछु । मनिसा

कुलुङ राई, धरान

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com