अबदेखि सेयर कारोबार अनलाइनबाटै , अर्थमन्त्रीले गरे उद्घाटन


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

अबदेखि सेयर कारोबार अनलाइनबाटै सम्भव हुने भएको छ। लगानीकर्ताहरूले सेयर किनबेचका लागि ब्रोकरको कार्यालयसम्म धाउनुपर्ने छैन ।

नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि सेयर कारोबारलाई अनलाइन प्रणालीमा लगेपछि यो सम्भव भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले होटल याक एन्ड यतिमा मंगलबार बिहान आयोजित एक समारोहमा अनलाइन सेयर कारोबारको उद्घाटन गरे ।

अर्थमन्त्रीले उद्घाटन गरेसँगै अबदेखि लगानीकर्ताले इन्टरनेटबाटै जहाँसुकै बसेर पनि आफैंले कारोबार गर्न सक्ने छन् ।

लामो समयदेखि ओरालो लागेको सेयर बजार अब अनलाइन कारोबार थालनीसँगै सकारात्मक बन्ने विश्वास लगानीकर्ताले गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com