चक्कु बोकेर स्कुल जान्छिन् सुरक्षा


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

आजभोलि सुरक्षा स्कुल जानै डराउँछिन् । स्कुल जान साहारा खोज्छिन् तर त्यो कुरा आमाबुबालाई थाहा छैन । ‘देशमा छोरीचेलीहरू सुरक्षित छैनन्, आमा । त्यसैले देश सुरक्षित छैन ।’ आइतबार काठमाडौँ जडीबुटीमा गीता तामाङकी ११ वर्षीया छोरी सुरक्षा गुरूङले आमालाई भन्दै थिइन् ।

बिहान ९ बजेको कुरा हो । गीताले छोरीलाई स्कुल पठाउन तयार गर्दैथिइन् । कोठामा गीता तरकारी काट्दै थिइन् । तरकारी काट्दै गरेको चक्कु सुरक्षालाई मन परेछ । किन मनपर्यो आमालाई थाहै थिएन ।
सुरक्षाले आमाको हातबाट चक्कु खोसेर झोलामा हालिन् । ‘छोरी चक्कु देऊ, ढिलो हुन्छ खाना पकाउन’, आमा गीतालाई कराउँदै थिइन् । ‘चक्कु राम्रो छ, स्कुल लान्छ’ु, छोरी आमालाई भन्दै थिइन् । तिमी फटा भयौ छोरी । यस्तै दुई चार शब्द चल्दै थियो आमा छोरीबीच ।

सुरक्षा कोटेश्वरकै ब्रेनहर्ट बोर्डिङ स्कुलको कक्षा ६ मा पढ्छिन् । आमाछोरीको कुरा मजाकमा उडिरहेको थियो । तर विषय गम्भीर पनि थियो । मुलुकमा दिनानुदिन बढ्दै गएको बलात्कार र हत्याको घट्नाले सुरक्षालाई असुरक्षाको महसुस भइरहेकोतिर कसैको ध्यान गएको थिएन । सुरक्षाका क्रियाकलापबाट उनको मनोविज्ञानमा असर परेको कुरा सहजै महसुस गर्न सकिन्थ्यो । ‘दैनिकजसो बलात्कार र हत्याकै घट्ना समाचारमा सुनिन्छ । बुवाले प्रत्येक दिन पत्रिका ल्याउनुहुन्छ । जहिले पनि बलात्कार र हत्याकै घटना छ्याछ्याप्ती छापिएको देख्छु’, सुरक्षाले भनिन् ।

यतिबेला सहर मात्र होइन, गाउँघर पनि असुरक्षामा फसेको कुरा सुरक्षालाई राम्ररी थाहा रहेछ । बलात्कार र हत्याका घटनाहरू गाउँगाउँमा भइरहेको कुरासमेत उनले बताइन् । ‘यस्तो किन भइरहेको छ मामुु ?’ उनले आमालाई प्रश्न तेस्र्याइन् । कहिल्यै पनि छोरीले यस्तो प्रश्न नगरेको तर पछिल्लो समय एक्कासि यस्तो कुरा गरेपछि आफू आश्चर्यमा परेको आमा गीताले बताइन् । उनले थपिन्– ‘दिनहुँ जस्तो यस्ता घटना भइरहेका छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आमाबुबालाई छोराछोरीमा यसको प्रभाव परेको थाहा हुँदैन । जसको प्रमाण खोज्न पनि कठिन हुन्छ ।

केही महिनादेखि मुलुकमा बलात्कार र हिंसाका घटना व्यापक रूपमा भइरहेका छन् । यसको प्रभाव ससाना बच्चामा परिरहेको छ । स्कुल, कलेज जान पनि बालिका डराउँछन् । जसले गर्दा उनीहरु स्कुल कलेज पढ्न जाँदा पनि हुल बाँधेर जान खोज्छन् । स्कुल कलेज नपुगुन्जेल मनमा तीनै कुराहरू खेलाउँदै, डराउँदै कक्षा कोठासम्म पुग्ने गर्छन् । तर पनि भयमुक्त हुँदैनन् । परिणाम त स्कुल कलेजमा पढ्न जाने छोरीचेलीको सङ्ख्या पनि घट्नेक्रम बढेको छ ।

सरकारको जीवन आलटालमै वितेको छ । देशको यस्तो अवस्थाप्रति सबै सचेत नागरिक चिन्तित छन् । खाडी मुलुक खुलेदेखि स्कुल कलेजहरूमा केही वर्षदेखि शिक्षामा महिलाहरूको सङ्ख्या बढेको छ । पुरूषहरू स्कुल कलेज जानेहरूको सङ्ख्या पनि दिनानुदिन घट्नेक्रममा छ । अधुरो शिक्षा लिएर वैदेशिक रोजगारमा पुग्ने युवा विदेश पुगेपछि शिक्षाको महत्व बुझ्छन् । आफूले विदेशमा कमाएको धेरैजसो पैसा छोराछोरीको पढाइमा खर्चिन्छन् । त्यसैले सरकारी स्कुलको भन्दा प्राइभेट बोर्डिङ स्कुलतिर बढी आकर्षण बढेको छ । तर गार्जनको शिक्षामा भएको लगानी अनुसार शैक्षिक स्तर छैन । व्यावसायिक करणमा बदलिएको छ । लगानी अनुसारको शिक्षाको गुणस्तरीयता छैन । यसले विगतको भन्दा शिक्षा क्षेत्रमा अन्धविश्वास बढाएको छ । वैदेशिक रेमिटान्सको पनि सही सदुपयोग छैन ।

संविधानले महिलाको अधिकारलाई संस्थागत गरे पनि उपयोग र प्रयोगमा अझै पनि पुरुषहरुकै वर्चस्व छ । यसलाई व्यावहारिक ढङ्गले संस्थागत र व्यवस्थित गर्न जरूरी छ । सहरिया जीवन जति सरल र सहज छ, उति नै जटिल र कठिन गाउँले जीवन छ । यसलाई कसरी व्यवस्थापन गर्ने सरकारी चुनौती ठूलो छ । लोकतन्त्र व्यवस्थित नभएसम्म यसले थुप्रै विकृति र विसङ्गतिहरू बोक्न सक्छन् ।

महिला पुरुषबीचको सम्बन्ध अहिलेको भन्दा पनि असमान हुन सक्छन् । यो प्रकृतिको नियम हो । सहजतापछि असहजता जन्मिन्छन् । यसैको पराकाष्टता हो– निर्मला पन्त जस्ता कलिला बालिकाको बलात्कार र हत्या । यसलाई सरकारले बेलैमा इतिहासको कठघरामा उभ्याउनु पर्छ । दोषी सबैलाई कारवाही गरी स्कुल कलेज जाने बच्चालाई सहज वातावरण सरकारले बनाइदिनु पर्छ ।

त्यसैले निर्मला पन्तलगायतका बालात्कार र हत्या प्रकरणको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्छ । थामथुम पारेर समस्याको सामाधान गर्न सकिँदैन । मुलुक योभन्दा पनि अस्तव्यस्त हुन सक्छ । अपराधीहरू पता लगाउन नसक्दा निर्मलाहरूको सङ्ख्या घट्नुको साटो बढ्ने क्रमै छ । सरकारको अनुसन्धान निकाय नै असक्षम रहेको प्रस्ट भइसकेको छ । त्यसैले सरकार एक महिलामाथि हुने बलात्कार र हिंसामा कमी आउने क्रमको सुरुवात कहिले हुन्छ सरकार ? यसको जवाफ नागरिकले खोजिरहेका छ । त्यसैले सरकार ! बलात्कार र हिंसालगायतका घट्नाहरू अन्त्य कहिले हुन्छ ? सरकारका लागि यो सामान्य कुरा होइन र ? अनि किन आलटाल र आँखामा छारो हाल्ने काम हुँदैछ ? के निर्मलाहरू यो देशको छोरी होइनन् ? हो भन्ने यसको फैसला कसले गर्ने ? यसर्थ सरकार सामाधान भएन र यस्तै अवस्था रहिरह्यो भने स्कुल, कलेज र रोडहरूमा चक्कु बोकेर गुन्डाहरू होइन अब त सुरक्षाकर्मीका रुपमा छोरीचेली भेटिनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com