काठमाडाैँकाे एक घरमा घरेलु फाेहाेरबाट उत्पादन हुने ‘होम बायोग्यास’ शुभारम्भ


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

नेपालमा पहिलोपटक घरेलु फाेहाेरबाट उत्पादन हुने ‘होम बायोग्यास’को शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शङ्खमूलस्थित केशव घिमिरेको घरमा जडान गरिएको उक्त बायोग्यासको शुभारम्भ गर्दै महानगरमा बढिरहेको फोहरलाई व्यवस्थापन गरी ग्यास उत्पादन गर्न यसले सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो ।

‘महानगरपालिकाले उपत्यकाका फोहरबाट ग्यास उत्पादन गर्ने गृहकार्यमा लागेको छ,’ उहाँले भन्नुभयो, ‘कुहिएका फोहर फाल्नुको सट्टा घरमै ग्यास उत्पादन हुने र बाहिरबाट ग्यास किन्नु नपर्ने हुन्छ, त्यसैले यस्तो प्रविधि प्रयोग गर्नका लागि महानगरपालिकाले प्रोत्साहन गर्नेछ ।’

वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले होम बायोग्यास प्रणालीबाट फोहर फाल्न र उठाउनजस्ता समस्या समाधान हुने र खाना पकाउनका लागि ग्याससमेत उत्पादन हुने बताउनुभयो ।

के हाे हाेम बायाेग्यास ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एडन इञ्जीनियरिङ सोलुसन प्रालि तथा शङ्खमूल बृहत् सरसफाइ अभियानले घरमा उत्पादन हुने कुहिने फोहरबाट खाना पकाउने मिथेन ग्यास उत्पादन गर्ने बायोग्यास प्रणाली इजरायलबाट भित्र्याएका हुन् । करीब रु ९० हजार पर्ने उक्त होम बायोग्यासलाई घरकाे छतमा सजिलै राख्न सकिन्छ ।

घरबाट निस्किएका खाना, तरकारीको फोहर उक्त बायोग्यासमा हालिन्छ र यसबाट उत्पादन हुने ग्यासले दैनिकरुपमा खाना पकाउन सकिने एडन सोलुसन प्रालिका प्रभात भट्टराईले बताउनुभयो । उक्त बायोग्यास छतमा २० डिग्रीभन्दा बढी तापक्रममा राख्नुपर्दछ । जति धेरै तापक्रम भयो, फोहरबाट त्यती नै बढी ग्यास उत्पादन हुने उहाँले बताउनुभयो ।

दैनिक तीन किलो फोहर उक्त प्लान्टमा हाल्नाले तीन घण्टासम्म ग्यास आउने उहाँको भनाइ छ । पोलिइथाइलिन भन्ने पदार्थबाट बनेको उक्त बायोग्यासको आयु १० वर्षको हुने जनाएको छ । फोहरबाट उत्पादन हुने ग्यास भान्सामा पाइपका माध्यमबाट चुलोमा जोडिन्छ र खाना पकाइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com