विदेश जाने विद्यार्थी बढेको बढ्यै, ७६ देश पुग्छन् नेपाली विद्यार्थी !


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

नेपाली विद्यार्थीहरुको विदेश गएर पढ्ने मोह बढ्दो रहेको पाइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ लिएर उच्च शिक्षाका लागि विदेसिने विद्यार्थीको संख्या दिनहुँ डेढ सयदेखि २ सयको हाराहारीमा पुग्ने गरेको जनाएको छ ।
शिक्षा मन्त्रालयले पछिल्लो समय नेपाली विद्यार्थीहरु विदेश गएर पढ्ने लहर नै चलेको बताए ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार दुई महिनामामात्रै झन्डै १२ हजारले विदेश पढ्न जाने स्वीकृतिपत्र बुझेका छन् । मन्त्रालयले ०७५ को साउन र भदौमा मात्रै ११ हजार ५ सयबढी विद्यार्थीले विदेश जान स्वीकृतिपत्र लिएको जनाएको छ । उच्च शिक्षाको अध्ययनसँगै विदेशमा गएर कमाउँदै पढ्न पाइने लोभलेसमेत अधिकांश विद्यार्थीको गन्तव्य विदेश हुने गरेको शिक्षाविद्हरुको तर्क रहेको छ ।

शिक्षाविद् धनन्जय अधिकारी भन्छन्, “विदेशमा गएर कमाउने उद्देश्यले स्टुडेन्ट भिसामा जाने नेपालीहरुको संख्या ठूलो रहेको छ ।” काम गर्दै पढ्ने अधिकांश विद्यार्थी भने छात्रवृत्ति नपाएका र आफ्नै खर्चमा पढ्न गएका विद्यार्थीहरु हुने गरेको मन्त्रालयले जनाएको छ ।
शिक्षाविदहरु्का अनुसार त्यस्ता विद्यार्थीहरु कमाउने लोभले विदेश जाने लामो समय उतै हराउने गरेका छन् । भने तिनै विद्यार्थीहरुका कारण ठूलो संख्यामा नेपाली पुँजीसमेत बाहिरिएको छ ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ०७४ को वैशाखदेखि ०७५ को असार १९ गतेसम्ममा मात्रै सो पत्र लिएर विदेश पढ्न जानेको संख्या ७१ हजार ७ सय ४३ पुगेको थियो जो निकै उच्च संख्या मानिएको थियो । भने त्यसयता सो संख्या उल्लेख्य वृद्धि भएको देखिएको छ ।
मन्त्रालयको वैदेशिक अध्ययन अनुमति व्यवस्थापन शाखाको तथ्यांकअनुसार ०७४ को वैशाखदेखि ०७५ को भदौसम्ममा मात्रै ८७ हजार ७ सयबढी विद्यार्थीले स्वीकृतिपत्र नो अब्जेक्सन लेटर लिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तथ्यांकअनुसार आव २०७२–०७३ मा ३२ हजार ४ सय ८९ ले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए भने ०७३–७४ मा सो संख्या बढेर ५० हजार ७ सय ३७ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । मन्त्रालयले विश्लेषण गरेको पाँचवर्षको डाटाअनुसार एमबीबीएस र बीडीएस पढ्न भनेरमात्रै ४ हजार ३ सयबढी विद्यार्थीहरु बाहिरिएका छन् । एक विद्यार्थीले प्रतिव्यक्ति ५० लाखका दरले तिरेका हुन्छन् ।

प्रत्येक वर्ष उच्च शिक्षाको लागि ठूलो संख्यामा पुँजी बाहिरिएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्रालयका सह–सचिव सूर्यप्रसाद गौतमले बंगलादेश, चीन र रसियालगायतका देशहरुमा ठूलो संख्यामा विद्यार्थी पढ्न गएको जानकारी दिए ।
पहिलो रोजाइको मुलुक अस्ट्रेलिया

वैदेशिक अध्ययन अनुमति व्यवस्थापन शाखाले दिएको जानकारीअनुसार नेपाली विद्यार्थीहरुको पहिलो रोजाइको मुलुक अस्ट्रेलिया हुने गरेको जनाएको छ । हुन् त नेपाली विद्यार्थीले ७६ वटा मुलुकमा पढ्न जाने स्वीकृति लिने गरेका छन् तर अस्ट्रेलियाप्रतिको आर्कषण सधैं उच्च हुने गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो १७ महिनाको तथ्यांकअनुसार ४७ हजार २ सय ७० जना विद्यार्थीले अस्ट्रेलियाका लागि ‘नो अब्जेक्सन लेटर’ लिएका छन् ।

त्यस्तै दोस्रोमा जापान नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको छ । भने अमेरिका र चीन त्यसपछिको गन्तव्य हुने गरेको छ । त्यस्तै भारत, क्यानडालगायतका मुलुकमासमेत नेपाली विद्यार्थीको संख्या उल्लेख रहेको मन्त्रालयले जानकारी दियो । त्यस्तै मन्त्रालयको तथ्यांकअनुसार मेडिकल शिक्षाका लागि बाहिर जानेहरुमा भने सबैभन्दा बढी ७२ प्रतिशत बंगलादेशमा पढ्न गएका छन् ।

किन बढ्दो छ संख्या ?

शिक्षाविद् धनन्जय अधिकारी ‘नो अब्जेक्सन लेटर’ लिएर विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या बढ्नुमा दुइटा कारण देख्छन् । पहिलो त हामीले विद्यार्थीको आकांक्षा अनुरुपको शिक्षा दिन सकेनौँ र त्यस किसिमका शैक्षिक संस्थाहरु नेपालमा खुलेनन् । भने अर्को अलि हुनेखाने पैसावालहरु आफ्ना छोराछोरीको भविष्य नेपालमा देख्दैनन् । उनीहरुमा आफ्ना छोराछोरी विदेश पढ्न जाउन र उतै जागिर खाउन भन्ने मनोविज्ञान विकसित हुँदै गएको छ ।

उनले ‘नो अब्जेक्सन लेटर’ लिनेहरु सबै विदेशमा गएर पढ्ने नै हुन् भन्न नसकिने बताए । शिक्षाविद् अधिकारीका अनुसार कतिजना सो लेटर लिएर स्टुडेन्ट भिसामा लुकेर विदेशमा काम गर्नेहरु छन् भने पेशा व्यवसायको खोजीमा स्टुडेन्ट भिसामा विदेश छिर्ने गरेकालेसमेत संख्या बढ्दो देखिएको बताए । उनले यसलाई रोक्न सरकारले र राज्यले नै नेपालमै रोजगारीका अवसर सृजना गर्नुका साथै उच्च र प्रभावकारी शिक्षा नेपालमै उपलब्ध गराउनुपर्ने तर्क गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com