सत्तारुढ पार्टीको चियापानमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल शानिबार कलैया पुग्नुभयो । नेपाली सेनाको हेलिकोप्टर चढेर । त्यतिले मात्र पुगेन जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता नै स्थगित भयो ।
पार्टीको कार्यक्रममा मन्त्री पोखरेल पुगेपछि शनिबारका दुई खेल समेत स्थगित भएका छन् । मन्त्रीकै आगमनका कारण फाइनल खेल समेत तिहारपछि सर्यो यो खबर नयाँपत्रिकामा छ । हेलिकोप्टर बसाइने अन्य ठाउँ हुँदाहुँदै क्रिकेट मैदानमै बसाइयो , पिचपनि भत्कियो, अब मर्मत नगरी खेल्न मिल्दैन आयोजक बारा एनप्याब्सनका अध्यक्ष प्रभुलालप्रसाद कुसवाहले बताउनुभयो ।
रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।